भोजपुर– गाई काटेको आरोपमा भोजपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरुको साथबाट गाईको मासुसमेत बरामद गरेको छ।
भोजपुर नगरपालिका-४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङलाई गाई काटेको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।
पूर्णको गुवाली घरमा गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चिकित्सक समेतको टोली परिचालन भएको थियो।
प्रहरी र पशु चिकित्सकसहितको टोलीले करिब १ सय ५० किलो गाईको मासु, टाउको र खुट्टा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।