काठमाडौं- भेनेजुएला टिमका ९ खेलाडीसहित १२ जनालाई कोरोना संक्रमण देखिएको छ। कोपा अमेरिका फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्न पुगेको टिमका ९ खेलाडी र ३ जना कोचिङ स्टाफलाई कोरोना संक्रमण पुष्टि भएकाे हाे।
कोरोना संक्रमण पुष्टि भएका खेलाडी र कोचिङ स्टाफलाई होटलमा आइसोलेसनमा राखिएकाे छ। भेनेजुएलाले थप १५ खेलाडीलाई खेल्न टिममा बोलाएको छ।
दक्षिण अमेरिकन फुटबल महासंघले ब्राजिल र भेनेजुएलाबीचको खेल तोकिएको समयमै हुने बताएको छ।
कोपा अमेरिकाको उद्घाटन खेल आज मध्यराति २:४५ बजे हुँदैछ। ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्वइरोगाले कोरोना लागेका सबै खेलाडी आइसोलेसनमा बसेकाले तोकिएको समयमा खेल हुने बताएका छन्।
समूह 'बी' मा साविक विजेता ब्राजिलसहित कोलम्बिया, भेनेजुएला, इक्वेइडर र पेरु छन्। समूह 'ए' मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।