काडमाडौं– जारी युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ। १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।
शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एकगोल गरे। खेलको १०औं मिनेटमै लुकाकुको गोलले बेल्जियमले अग्रता बनाएको थियो।
खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए। पहलिो हाफमा २ गोलले अघि रहेको बेल्जियमका लागि खेलको ८८औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए।
जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ। समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ। डेनमार्क अंक विहीन रहदै तेस्रो तथा रुस समूहको पुछारमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।