काठमाडौं- ज्यान मुद्दामा जेल परेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिइएको विरोधमा नेविसंघले विरोध प्रदर्शन गरेको छ।
'कम्युनिस्ट सर्वसत्तावाद देखियो, न्यायको घाँटी रेटियो', 'हत्यारा छोड्न पाइँदैन, ओली सरकार चाहिँदैन' लेखिएका प्लेकार्डसहित संघका कार्यकर्ताहरुले आज दिउँसो त्रिचन्द्र कलेजबाट प्रदर्शन गरेका थिए। केही विद्यार्थी भने अर्धनग्न अवस्थामा निस्किएका थिए।

सरकारको सिफारिस अनुसार ढुंगेलसहितका ८ सय १६ कैदीलाई असल चालचालनका आधारमा गणतन्त्र दिवसका अवसरमा आज बिहान कैद माफी गरी रिहा गरिएको छ।

यता, कानुनविद्हरुले समेत सरकारले अदालतलाई छलेर ढुंगेललाई रिहा गरेकाे टिप्पणी गरेका छन्। कैद माफी दिन मिल्ने कि नमिल्ने भन्ने मुद्दामा सर्वाेच्च अदालतले सुनुवाई गरी अादेश जारी गर्ने अवस्थामा सुटुक्क रिहा गर्नु अदालतले अप्ठेराे पार्न सक्ने देखेपछि चलाखी गरिएको कानुनविदहरुको प्रतिक्रिया छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।