काठमाडाैं- विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलकाे पहिलाे हाफकाे समाप्तिमा नेपाल २-0 ले पछि परेको छ।
कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा १० खेलाडीमा सिमित नेपालले २ गाेल खाएकाे हाे।
खेलकाे छैटौँ मिनेटमा नै नेपाल पहिलो गाेल खाएकाे थियाे। कप्तान म्याथु लेकीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका हुन्। अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले हेडरमार्फत गोल गरेका थिए।
केही अतालिएकाे नेपालले ३८ औं मिनेटमा अर्काे गाेल खायाे। अष्ट्रेलियाकाे लागि फ्रान करासिकले गोल गर्दै अग्रता २-० मा पुर्याए। लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए ।
यस्तै, पहिलाे हाफकाे समाप्ति नजिक नेपाल १० खेलाडीमा समेटियाे।
पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा मार्टिन बोएललाई फल गरेको भन्दै रेफ्रीले राेहित चन्दलाई रातो कार्ड देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।