काठमाडाैं- अष्ट्रेलियाविरुद्ध हुने विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाली टोलीमा ४ परिवर्तन गरिएकाे छ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ४ खेलाडी परिवर्तन गरेका हुन्।
विशाल राई र एरिक विष्ट मिडफिल्डमा ल्याइएकाे छ। यता, डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ सुरुवाति टोलीमा छन्।
यस्तै, अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन्।
गोलरक्षकमा कप्तान किरण चेम्जोङ तथा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता पाएका छन्।
मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक र विशाल ले साथ दिनेछन्। नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।