काठमाडौं– फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत आज नेपालले अष्ट्रेलियाको सामना गर्दै छ। दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो।
विश्व वरीयतामा अष्ट्रेलिया नेपालभन्दा निक्कै माथि रहेको छ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलिया र नेपालबीचको खेल राति पौने दश बजे सुरु हुनेछ।
यसअघि पहिलो भेटमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो। नेपालले अष्ट्रेलियासँग यसअघि एक खेल खेलेको छ। विश्वकप छनोटअन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग घरेलु मैदानमा पहिलो पटक खेलेको थियो।
नेपालले विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना गुमाइसकेको छ। प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने नेपालको बाँकी नै रहेको छ ।
विश्वकप छनोटको समूह ’बी’ मा रहेको अष्ट्रेलिया १८ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल भने ६ अंकका साथ चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।