काठमाडौं– युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा रही खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएका छन्।
मंगलबार इंगल्यान्ड जानुअघि आयोजित पत्रकार सम्मेलनमा उनले आफू जस्ता युवा खेलाडीले विश्वका स्टार खेलाडीहरुसँग लर्डस्मा खेल्न पाउँदा खुसी लागेको बताए। ‘यस्ता खेलमा देशको प्रतिनिधित्वसमेत हुने भएकाले अलिअलि प्रेसर पनि हुन्छ,’ त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘लर्डस् हामी जस्ता खेलाडीका लागि ठूलो प्लेटफर्म हो।’
वेष्ट इन्डिजमा आँधीले भत्काएको क्रिकेट मैदान निर्माणका लागि आइसिसीले वेष्ट इन्डिज र विश्व ११ टिमबीच लर्डस्मा आगामी बिहिबार टी–ट्वान्टी खेलाउन खेलाउन लागेको हो।
१७ वर्षीय सन्दीप विश्व ११ का कान्छा खेलाडी हुनेछन्। विश्व ११ टिममा इयान मोर्गन (कप्तान), साहिद अफ्रिदी, तमिम एकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने हुनेछन्। वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।