• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एन्फासँग चौथो स्थानमा रहने वाचा गरेकाे थिएँ, सफल भएँ : प्रशिक्षक अलमुताइरी

64x64
नेपाल लाइभ बिहीबार, जेठ २७, २०७८  १६:१५
1140x725

फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले शुक्रबार राति अस्ट्रेलियासँग खेल्दैछ। खेल कुवेत सिटीमा राति ९:४५ बजे सुरू हुनेछ।

कुवेतमा यसअघि नेपालले पहिलो खेलमा ताइपेईलाई २-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालमाथि जोर्डनले ३-० को जित निकालेको थियो।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको छ। समूह ‘बी’ मा खेलेका सबै ६ खेल जितेर १८ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ। दोस्रो स्थानको जोर्डनको १३ अंक छ।

यता, कुवेत १० अंकसहित तेस्रो स्थानमा छ। नेपाल ६ अंक जोडेर चौथो स्थानमा रहेको छ। पाँचौ स्थानको चाइनिज ताइपेईले सबै खेल हारेकाले अंक जोड्न सकेको छैन। 

प्लेअफबाट एसियन कपको तेस्रो चरण पुग्न पर्ने अवस्थामा पुगेपछि नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गर्दा चौथो स्थानमा रहने वाचा अनुसार आफू सफल रहेको जिकिर गरेका छन्।

‘मलाई चौथो स्थानमा रहने लक्ष्य दिइएको थियो, त्यसमा हामी सफल भएको छौं। तर, शीर्ष ४ मा पर्न भने हाम्रो प्रयास जारी छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं,’ बिहीबार प्रिम्याच कन्फ्रेन्समा उनले भने।

यस्तै भाेलिकाे खेलबारे बाेल्दै उनले अस्ट्रेलियाविरुद्धको खेल युवा खेलाडीलाई माैका दिने पनि बताए।

‘अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने मलाई थाहा छ। तर युवा खेलाडीलाई खेल्न मौका दिनु पर्ने कुरा पनि महत्वपूर्ण हो। नतिजाभन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ। अस्ट्रेलियाविरुद्ध राम्रो खेल खेल्नेमा आशावादी छु,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कुवेत पुगेका सुरज जिउ ठकुरी र आयुष घलान र कमल थापाले स्थातन बनाउन सकेका छैनन्। ‘कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन्। उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नुपर्छ। अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरी छ। युवा खेलाडीलाई डेब्युको अवसर हुन सक्छ,’ उनले भने।

उनले खेल्ने शैलीमा परिवर्तन गरेर समर्थकहरुलाई खुशी बनाउन सकेको पनि दाबी गरेका छन्। ‘हाम्रो खेल्ने शैलीमा सुधार आएको छ। नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, त्यसमा केहि परिवर्तन भएको छ। त्यसको नतिजा देखिएको छ हामीले समर्थकलाई खुसी बनाउन सकेका छौं,’ उनले भने।

उनले छोटो समयमा नै नतिजाबारे सोच्न सहज नहुने पनि बताए। ‘नतिजा पनि महत्त्वपूर्ण हुन्छ, तर छोटो समयमा हामीले समर्थकहरुलाई खुसी दिन सकेका छौं। हामीले भविष्यमा थप सकारात्मक नतिजा दिने संकेत दिएका छौं,’ उनले भने।

जुलाईमा युरोपेली र अफ्रिकी राष्टसँग मैत्रीपूर्ण खेल खेल्न तय भएको पनि उनले  जानकारी दिए। ‘सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो। त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं,’ उनले भने।

Xtrem

Xtrem

प्रशिक्षक अलमुताइरीले पछिल्लो खेलमा जोर्डनविरुद्ध रेफ्रीको निर्णयलाई लिएर पनि प्रश्न गरे। इन्ज्युरी समयमा जोर्डनका गोलकिपरलाई बिट गरिसकेका नवयुग श्रेष्ठ बक्समा लडेका थिए।

‘जोर्डनविरुद्ध रेफ्रीको प्रदर्शन चित्तबुझ्दो थिएन। गोलरक्षकले रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो,’ उनले भने।

नेपालको सामना गर्न तयार छौं : अस्ट्रेलियाका प्रशिक्षक

अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले आफ्नाे टाेली नेपालको सामना गर्न तयार रहेकाे बताएका छन्।

‘हामीसँग टोलीमा एकदम राम्रो वातावरण सिर्जना भएको छ। सबैजना उत्साहित छन्। अब नेपालको सामना गर्न तयार छौं। हामीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्छ।  म आफ्नो टोलीका खेलाडीहरुबाट मिहिनेत गर्ने अपेक्षा राख्दछु,’ उनले भने।

नेपालले कडा मिहिनेत गरिरहेको र खेल्न उत्साहित भएको उनले बताए। ‘पछिल्लो पटक सन् २०१९ अक्टोबरमा सामना गरेयता नेपालको टोलीमा परिवर्तन भएको छ। नेपाल परिश्रमी टिम हो। नेपाली टिमलाई सम्मान गर्छौं। उनीहरुले फरक शैलीले खेलिरहेका छन्। प्रशिक्षकले राम्रो गरिरेहका छन्। म राम्रो खेलको अपेक्षा गरिरहेको छु,’ उनले भने।

ताइपेइविरुद्ध खेलेको टोलीबाट केही परिवर्तन हुने उनले  जानकारी दिए। अस्ट्रेलियाकाे टाेलीमा २९ खेलाडी छन्। त्यसमा ४ गोलरक्षक छन्। ‘टोलीमा पछिल्लो खेलबाट पक्कै केही परिवर्तन हुन्छ। कुवेतविरुद्ध खेल्ने टोलीका केहि खेलाडी पनि खेल्नेछन्,’ उनले भने।

आर्नोल्डले आफ्नो प्रदर्शन कसरी राम्रो हुन्छ भन्नेमा बढी ध्यान दिने पनि बताए। नेपाललाई पराजित गरे अष्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ।

‘खेलमा ७५ प्रतिशत आफ्नो र २५ प्रतिशत विपक्षीको दबाब हुन्छ। हामी विपक्षीभन्दा पनि आफ्नो खेलमा बढी ध्यान दिन्छौं। त्यसैले हामी आफ्नो प्रदर्शन र स्तरलाई ध्यान दिएर नै अघि बढ्नेछौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही शुक्रबार, असोज १६, २०८३
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्