जाजरकोट– पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर बेपत्ता भएका २ जनाको प्रहरीले उद्दार गरेको छ।
भेरी नगरपालिका-१ रावतगाँउस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २ जनाको मंगलबार दिउँसो प्रहरीले उद्दार गरेको हो।
रुकुम पश्चिम चौरजहारी नगरपालिका-१२ दुरनेटा बस्ने १७ वर्षीय राम बहादुर डांगी समेत ३ जना भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर घाइते तथा बेपता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोट र अस्थायी प्रहरी पोस्ट रावतगाँउबाट खटिएको प्रहरीले २ जनालाई घाइते अवस्थामा उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाएको छ।
उनीहरु मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ। बेपत्ता भएकी १ जनाको प्रहरीले खोजी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।