एजेन्सी– मारियो बालोटेलीले चार वर्षपछि अन्तर्राष्ट्रिय गोल गरेको खेलमा इटालीले साउदी अरेबियालाई पराजित गरेको छ। सोमबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले साउदीलाई २–१ गोलले पराजित गरेको हो।
बालोटेलीले २१ मिनेटमा उत्कृष्ट गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। उनले सन् २०१४ मा इंग्ल्यान्ड विरुद्ध गोल गरेयता पहिलो पटक अन्तर्राष्ट्रिय गोल गरेका हुन्। खेलमा इटालीका बेलोटीले ६८ मिनेटमा अग्रता दोब्बर पारेका थिए। साउदीका लागि अल शेरीले ७२ मिनेटमा गोल फर्काएका थिए।
जेठ ३१ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलअघि मैत्रीपूर्ण खेल भएको हो। विश्वकपमा इटाली छनोट हुन असफल भएको छ भने साउदी समूह एमा छ।
अर्को मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्ड गणतन्त्रलाई २-० गोलले हराएको छ। फ्रान्सको जितमा जिरुडले ४० र फेकिरले ४३ मिनेटमा गोल गरका थिए।
यता पोर्चुगललाई ट्युनिसियाले २–२ गोलको बराबरीमा रोकेको छ। पोर्चुगलका लागि भेलेन्टे सिल्भाले २२ र जाओ मारियोले ३४ मिनेटमा गोल गरेक थिए। ट्युनिसियाका लागि बड्रीले ३९ र युसेफले ६४ मिनेटमा गोल गरेका थिए।

अर्को खेलमा दक्षिण कोरियाले होन्डुरसलाई २–० गोलले हराएको छ। कोरियाका लागि सन मिनले ६० र मुनले ७२ मिनेटमा गोल गरे।
यता इरानलाई टर्कीले २–१ गोलले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।