काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन्।
नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुनेगरी पुँजीबजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गर्न तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।