काठमाडौं- फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीच खेल जारी रहेकाे छ।
कुवेत सिटीमा भइरहेको खेलमा पहिलाे हाफकाे समाप्तिमा जोर्डनले १-० काे अग्रता लिएकाे छ।
खेलकाे २३ औं मिनेटमा जाेर्डनले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता लिएको हो। जोर्डनका लागि बाहा फैसल सेफले गोल गरेका हुन्।
डि–बक्समा बल क्लियर गर्ने क्रममा डिफेन्डर राेहित चन्दले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।