फाइल तस्वीर
काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट तथा एसिया कप छनोट अन्तर्गत जोर्डनविरुद्धकाे खेलमा रक्षात्मक रणनीति अपनाएका छन्।
केहीबेर पछि शुरु हुने सातौं खेलका लागि उनले तीन खेलाडी परिवर्तन गरेका छन् ।
जोर्डनविरुद्ध अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवास टोलीमा आएका छन्। यद्यपि, अ सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ टोलीबाट बाहिरिएका छन्।
गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्समा अनन्त तामाङ र रोहित चन्द छन्।
विंगब्याकमा विकास खवास र दिनेश राजवंशी रहेका छन्। सुमन अर्यालले मिडफिल्डमा स्थान बनाएका छन्।
पुजन उपरकोटी र सन्तोष तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन्। आक्रमणमा अन्जन विष्ट, सुमन लामा र अभिषेक रिजाल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।