• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

इन्टरनेट ‘डिपेन्डेन्सी डिस्अर्डर’को चपेटामा बालबालिका

64x64
पुष्पा थपलिया बुधबार, जेठ २६, २०७८  ०७:०७
1140x725
तस्बिर: एजेन्सी।

काठमाडौं- कुलेश्वर बस्ने नौ वर्षीय सम्रन मानन्धर सपनामा पनि बोलिरहन्छन्। उनी कहिले 'विनर चिकेन डिनर' भन्दै खितखित गरेर हाँस्छन् त कहिले आफू मरेको भन्दै सपनीमै चिन्ता व्यक्त गर्छन्।

सम्रनकी आमा मनिका छोरोको यस्तो हर्कतले चिन्तित बनेकी छन्। छोरो अनलाइन पढाइ भइरहेका बेला पनि ‘म्युट’ गरेर गेम खेलिरहेको आफूले धेरैचोटी फेला पारेको उनको अनुभव छ। ‘जति गाली गरे पनि मान्दैन, त्यसैले वाक्क भइसकेँ,’ उनले गुनासो पोखिन्।

सम्रनजस्तै उनका साथी प्रसन्‍न तुलाधर पनि अचेल लामो समय इन्टरनेटमै बिताउँछन्। प्रसन्‍न भने अनलाइन खेलमा भन्दा गीत गाउन र नाच्न मन पराउँछन्। अहिले कोभिडकै कारण घरबाटै पढाइ भएपछि भने उनको अधिकांश समय युट्युबमा नाचगानको भिडियो हेरेर बित्छ। आमा इनाको साथमा टिकटक भिडियो पनि बनाउँछन्। भिडियो चर्चित भएदेखि छोराको भिडियो क्रेज देखेर इना डराएकी छन्। ‘जतिखेरै भिडियो बनाऊँ भनेर दिक्क लगाउँछ, युट्युबबाट सिकेको भन्दै नयाँ-नयाँ स्टेप पनि निकाल्छ,’ उनले भनिन्, ‘छोराको प्रतिभा देखेर कहिले खुसी लाग्छ, कहिले पढाइ बिग्रेला भनेर चिन्ता।’

कुलेश्वर नै बस्ने कविना प्रसाईं अहिले चार कक्षामा पढ्छिन्। उनी बिहान उठेदेखि नै इन्टरनेटको पहुँमा हुन्छिन्। बिहानको चियादेखि बेलुकी निन्द्रा नलागुन्जेलसम्म उनको आँखा मोबाइलमै अडिरहन्छ। उनी मोबाइल हेरेर एक्लै मुस्कुराउँछिन्, एक्लै गफ गर्छिन्। कविनाकी आमा सुविनाले एकै छिन मोबाइल हातबाट खोसिदिए उनी रिसले आगो हुन्छिन्। छटपटाउँछिन्, आफूलाई संयममा राख्नै सक्दिनन्। यही निहुँमा उनको परिवारका सदस्यसँग ठाकठुक परिरहन्छ।

‘लकडाउनअघिसम्म पढाइ र किताबमा निकै ध्यान दिने छोरी अहिले के भई-भई,’ सुविनाले लामो सास फेर्दै भनिन्, ‘पहिले एकचोटी हात नहाली पुल्पुल्याएर हुर्काइयो, अहिले अति गरे थप्पड नै लगाउने गरेकी छु।’

०००

कोभिड-१९ को दोस्रो लहर चलेसँगै करिब दुई महिनायता मानिसहरू कोठामा थुनिएका छन्। पहिलो लहरदेखि नै विद्यालय खुल्न नसक्दा बालबालिका घरमा थुनिएको त करिब १४ महिना नै भयो। यो अवधिमा माथि भएजस्ता घटना धेरै अभिभावकले भोगिरहेका छन्।

बालबालिका इन्टरनेटविना बस्नै नसक्ने समस्या गाउँघरमाभन्दा सहरमा जन्मे हुर्केका बालबालिकामा बढी देखिएको छ। गाउँघरका बालबालिकामा भने साथीभाइ भेट्न नपाउँदा नियास्रिने, एक्लो महसुस गर्नेजस्ता समस्या देखिएको मनोविद् सन्दीप मानसिंह बस्नेतले जानकारी दिए।

Ncell 2
Ncell 2
तस्बिर: एजेन्सी।

युनिसेफले पहिलो लहरदेखि नै कोभिड-१९ को समयमा बालबालिकाको मानसिक स्वास्थ्यका लागि काम गरिरहेको छ। टोल फ्री नम्बरमार्फत् बालबालिकामा आएको मानसिक स्वास्थ्यबारे बुझ्ने र अभिभावकलाई मनोविद्ले परामर्श दिने गरिरहेको छ। बस्नेत पनि युनिसेफको यही हेल्पलाइन नम्बरमार्फत् बालबालिका र अभिभावकलाई परामर्श दिने काममा व्यस्त छन्।

उनै मनोविद् बस्नेतले बालबालिका लकडाउनमा मात्रै हैन, पहिलेदेखि नै ‘एकलकाटे’ बनिसकेको बताए। ‘बालबालिका सँगै भए पनि सँगै छैनन्, उनीहरू इन्टरनेटको दुनियाँमा विश्व नियालिरहेका छन् र आफूलाई एक्लो ठान्दैनन्,’ उनले भने, ‘उनीहरू एक्ला छन् तर एक्लो ठान्दैनन्, यो भविष्यका लागि खतरा हो।’

उनका अनुसार यदि यस्तै महामारीको अवस्था इन्टरनेट आविस्कार हुनुअघि आउँथ्यो भने बालबालिका एक्लोपनाको शिकार हुने थिए।

मनोविद् बस्नेतले भने, ‘हाम्रो उद्देश्य बालबालिकाको एक्लोपनाले निम्त्याउने समस्या निराकरण गर्ने भन्‍ने थियो। बालबालिका साथीभाइसँग भेटघाट गर्न नपाएर रिसाउने, चिड्चिड् गर्ने, डराउने या रातमा ननिदाउने समस्याको शिकार नबनोस् भन्‍ने थियो तर यहाँ एक्लोपनाले खासै समस्या आएन।’ यो समस्या सहरीकरण हुँदै गरेका गाउँघरमा भने देखिएको उनले बताए।

बस्नेतका अनुमानमा एक्लोपना डरलाग्दो समस्या थियो तर त्यो भन्दा डरलाग्दो समस्या बालबालिका इन्टरनेटमा भुल्नु रहेछ। बालबालिका ‘भर्चुअल’ दुनियाँमा रमाउनु र वास्तविक दुनियाँबाट टाढा भाग्नु राम्रो संकेत हैन।

यसरी इन्टरनेट या ‘भर्चुअल’ दुनियाँमा मात्रै बानी पर्ने समस्यालाई ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर’ भनिन्छ। बस्नेतले भने, ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर बालबालिकाले लगातार एक हप्ता इन्टरनेट चलाउँदैमा हुन्छ। यसलाई इन्टरनेट एडिक्सन डिस्अर्डर पनि भनिन्छ।’

यो समस्याबाट बाहिर निस्कन बालबालिकालाई समयतालिका सिकाउन जरुरी हुन्छ। १० बजे सुत्ने हो भने त्यति नै बजे सुत्नुपर्‍यो, मोबाइल नचलाइ निन्द्रा लाग्दैन भने त्यसलाई लिएर बेडरूममा जान भएन या आँखाबाट टाढा राख्नुपर्‍यो।

मनोविद् बस्नेतका अनुसार यो बिह्याबियरल (व्यावहारिक) डिस्अर्डर हो। लागुऔषध लिने बानी परेका, रक्सी खाने बानी परेकालाई जसरी त्यो विना बाँच्न गाह्रो हुन्छ, इन्टरनेटको लत लागेका बालबालिकालाई पनि इन्टरनेटविना गाह्रो हुन्छ।

यो समस्या भएका बालबालिकाको दिमागमा जतिखेरै इन्टरनेटको कुरा खेलिरहेको हुन्छ। इन्टरनेट चलाउन नपाए उनीहरू चिडचिडिने, झगडा गर्ने, झर्कने स्वभावका हुन्छन्।

धेरै लत लागिसकेपछि भने बालबालिकामा आत्मसन्तुष्टिको कमी आउन थाल्छ। उनीहरू कुनै कुराले पनि खुसी नहुने र त्यो भन्दा झनै ठूलो माग गर्ने स्वभावका हुन्छन्।

त्यस्तै बालबालिकामा भएका प्रतिभाहरू विस्तारै हट्दै जान्छ। जस्तै- कसैलाई पेन्टिङ गर्न मन पर्थ्यो, गीत गाउन या नाच्न मन पर्थ्यो भने पनि त्यो विस्तारै हट्दै जान्छ र ती कुराहरू स्क्रिनमा हेरेर रमाउने बानी पर्छ।

इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डरको सबैभन्दा डरलाग्दो लक्षण भनेको बालबालिका कुरा लुकाउने, झुट बोल्ने र समस्यालाई ‘स्किप’ गर्ने स्वभावका हुन थाल्छन्।

बस्नेतले भने, ‘यो समस्याबाट बाहिर निस्कन बालबालिकालाई समयतालिका सिकाउन जरुरी हुन्छ। १० बजे सुत्ने हो भने त्यति नै बजे सुत्नुपर्‍यो, मोबाइल नचलाइ निन्द्रा लाग्दैन भने त्यसलाई लिएर बेडरूममा जान भएन या आँखाबाट टाढा राख्नुपर्‍यो।’

त्यस्तै बालबालिकाले अत्यधिक चलाउने एपमा टाइमर लगाउन सकिन्छ। एक घण्टा चलाउने भनेपछि त्यति समय सेट गर्ने र समय सकिएपछि त्यो एप आफैं बन्द हुने बनाउन पनि सकिन्छ।

सबैभन्दा उत्तम उपाय भनेको बालबालिका गेमको लतमा छन् या कुनै एपको लतमा छन् भने त्यो एप डिलिट गर्ने नै हो। त्यसको सट्टा एप चलाउने समय शारीरिक खेलमा लगाउन सकिन्छ। जस्तै- कुनै बालबालिका मोबाइलमा क्रिकेट खेल्छ भने उसलाई शारीरिक रूपमा क्रिकेट खेल्ने वातावरण मिलाउँदा उनीहरू यस्ता समस्याबाट बाहिर आउन सक्छन्।
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्