• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

इन्टरनेट ‘डिपेन्डेन्सी डिस्अर्डर’को चपेटामा बालबालिका

64x64
पुष्पा थपलिया बुधबार, जेठ २६, २०७८  ०७:०७
1140x725
तस्बिर: एजेन्सी।

काठमाडौं- कुलेश्वर बस्ने नौ वर्षीय सम्रन मानन्धर सपनामा पनि बोलिरहन्छन्। उनी कहिले 'विनर चिकेन डिनर' भन्दै खितखित गरेर हाँस्छन् त कहिले आफू मरेको भन्दै सपनीमै चिन्ता व्यक्त गर्छन्।

सम्रनकी आमा मनिका छोरोको यस्तो हर्कतले चिन्तित बनेकी छन्। छोरो अनलाइन पढाइ भइरहेका बेला पनि ‘म्युट’ गरेर गेम खेलिरहेको आफूले धेरैचोटी फेला पारेको उनको अनुभव छ। ‘जति गाली गरे पनि मान्दैन, त्यसैले वाक्क भइसकेँ,’ उनले गुनासो पोखिन्।

सम्रनजस्तै उनका साथी प्रसन्‍न तुलाधर पनि अचेल लामो समय इन्टरनेटमै बिताउँछन्। प्रसन्‍न भने अनलाइन खेलमा भन्दा गीत गाउन र नाच्न मन पराउँछन्। अहिले कोभिडकै कारण घरबाटै पढाइ भएपछि भने उनको अधिकांश समय युट्युबमा नाचगानको भिडियो हेरेर बित्छ। आमा इनाको साथमा टिकटक भिडियो पनि बनाउँछन्। भिडियो चर्चित भएदेखि छोराको भिडियो क्रेज देखेर इना डराएकी छन्। ‘जतिखेरै भिडियो बनाऊँ भनेर दिक्क लगाउँछ, युट्युबबाट सिकेको भन्दै नयाँ-नयाँ स्टेप पनि निकाल्छ,’ उनले भनिन्, ‘छोराको प्रतिभा देखेर कहिले खुसी लाग्छ, कहिले पढाइ बिग्रेला भनेर चिन्ता।’

कुलेश्वर नै बस्ने कविना प्रसाईं अहिले चार कक्षामा पढ्छिन्। उनी बिहान उठेदेखि नै इन्टरनेटको पहुँमा हुन्छिन्। बिहानको चियादेखि बेलुकी निन्द्रा नलागुन्जेलसम्म उनको आँखा मोबाइलमै अडिरहन्छ। उनी मोबाइल हेरेर एक्लै मुस्कुराउँछिन्, एक्लै गफ गर्छिन्। कविनाकी आमा सुविनाले एकै छिन मोबाइल हातबाट खोसिदिए उनी रिसले आगो हुन्छिन्। छटपटाउँछिन्, आफूलाई संयममा राख्नै सक्दिनन्। यही निहुँमा उनको परिवारका सदस्यसँग ठाकठुक परिरहन्छ।

‘लकडाउनअघिसम्म पढाइ र किताबमा निकै ध्यान दिने छोरी अहिले के भई-भई,’ सुविनाले लामो सास फेर्दै भनिन्, ‘पहिले एकचोटी हात नहाली पुल्पुल्याएर हुर्काइयो, अहिले अति गरे थप्पड नै लगाउने गरेकी छु।’

०००

कोभिड-१९ को दोस्रो लहर चलेसँगै करिब दुई महिनायता मानिसहरू कोठामा थुनिएका छन्। पहिलो लहरदेखि नै विद्यालय खुल्न नसक्दा बालबालिका घरमा थुनिएको त करिब १४ महिना नै भयो। यो अवधिमा माथि भएजस्ता घटना धेरै अभिभावकले भोगिरहेका छन्।

बालबालिका इन्टरनेटविना बस्नै नसक्ने समस्या गाउँघरमाभन्दा सहरमा जन्मे हुर्केका बालबालिकामा बढी देखिएको छ। गाउँघरका बालबालिकामा भने साथीभाइ भेट्न नपाउँदा नियास्रिने, एक्लो महसुस गर्नेजस्ता समस्या देखिएको मनोविद् सन्दीप मानसिंह बस्नेतले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb
तस्बिर: एजेन्सी।

युनिसेफले पहिलो लहरदेखि नै कोभिड-१९ को समयमा बालबालिकाको मानसिक स्वास्थ्यका लागि काम गरिरहेको छ। टोल फ्री नम्बरमार्फत् बालबालिकामा आएको मानसिक स्वास्थ्यबारे बुझ्ने र अभिभावकलाई मनोविद्ले परामर्श दिने गरिरहेको छ। बस्नेत पनि युनिसेफको यही हेल्पलाइन नम्बरमार्फत् बालबालिका र अभिभावकलाई परामर्श दिने काममा व्यस्त छन्।

उनै मनोविद् बस्नेतले बालबालिका लकडाउनमा मात्रै हैन, पहिलेदेखि नै ‘एकलकाटे’ बनिसकेको बताए। ‘बालबालिका सँगै भए पनि सँगै छैनन्, उनीहरू इन्टरनेटको दुनियाँमा विश्व नियालिरहेका छन् र आफूलाई एक्लो ठान्दैनन्,’ उनले भने, ‘उनीहरू एक्ला छन् तर एक्लो ठान्दैनन्, यो भविष्यका लागि खतरा हो।’

उनका अनुसार यदि यस्तै महामारीको अवस्था इन्टरनेट आविस्कार हुनुअघि आउँथ्यो भने बालबालिका एक्लोपनाको शिकार हुने थिए।

मनोविद् बस्नेतले भने, ‘हाम्रो उद्देश्य बालबालिकाको एक्लोपनाले निम्त्याउने समस्या निराकरण गर्ने भन्‍ने थियो। बालबालिका साथीभाइसँग भेटघाट गर्न नपाएर रिसाउने, चिड्चिड् गर्ने, डराउने या रातमा ननिदाउने समस्याको शिकार नबनोस् भन्‍ने थियो तर यहाँ एक्लोपनाले खासै समस्या आएन।’ यो समस्या सहरीकरण हुँदै गरेका गाउँघरमा भने देखिएको उनले बताए।

बस्नेतका अनुमानमा एक्लोपना डरलाग्दो समस्या थियो तर त्यो भन्दा डरलाग्दो समस्या बालबालिका इन्टरनेटमा भुल्नु रहेछ। बालबालिका ‘भर्चुअल’ दुनियाँमा रमाउनु र वास्तविक दुनियाँबाट टाढा भाग्नु राम्रो संकेत हैन।

यसरी इन्टरनेट या ‘भर्चुअल’ दुनियाँमा मात्रै बानी पर्ने समस्यालाई ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर’ भनिन्छ। बस्नेतले भने, ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर बालबालिकाले लगातार एक हप्ता इन्टरनेट चलाउँदैमा हुन्छ। यसलाई इन्टरनेट एडिक्सन डिस्अर्डर पनि भनिन्छ।’

यो समस्याबाट बाहिर निस्कन बालबालिकालाई समयतालिका सिकाउन जरुरी हुन्छ। १० बजे सुत्ने हो भने त्यति नै बजे सुत्नुपर्‍यो, मोबाइल नचलाइ निन्द्रा लाग्दैन भने त्यसलाई लिएर बेडरूममा जान भएन या आँखाबाट टाढा राख्नुपर्‍यो।

मनोविद् बस्नेतका अनुसार यो बिह्याबियरल (व्यावहारिक) डिस्अर्डर हो। लागुऔषध लिने बानी परेका, रक्सी खाने बानी परेकालाई जसरी त्यो विना बाँच्न गाह्रो हुन्छ, इन्टरनेटको लत लागेका बालबालिकालाई पनि इन्टरनेटविना गाह्रो हुन्छ।

यो समस्या भएका बालबालिकाको दिमागमा जतिखेरै इन्टरनेटको कुरा खेलिरहेको हुन्छ। इन्टरनेट चलाउन नपाए उनीहरू चिडचिडिने, झगडा गर्ने, झर्कने स्वभावका हुन्छन्।

धेरै लत लागिसकेपछि भने बालबालिकामा आत्मसन्तुष्टिको कमी आउन थाल्छ। उनीहरू कुनै कुराले पनि खुसी नहुने र त्यो भन्दा झनै ठूलो माग गर्ने स्वभावका हुन्छन्।

त्यस्तै बालबालिकामा भएका प्रतिभाहरू विस्तारै हट्दै जान्छ। जस्तै- कसैलाई पेन्टिङ गर्न मन पर्थ्यो, गीत गाउन या नाच्न मन पर्थ्यो भने पनि त्यो विस्तारै हट्दै जान्छ र ती कुराहरू स्क्रिनमा हेरेर रमाउने बानी पर्छ।

इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डरको सबैभन्दा डरलाग्दो लक्षण भनेको बालबालिका कुरा लुकाउने, झुट बोल्ने र समस्यालाई ‘स्किप’ गर्ने स्वभावका हुन थाल्छन्।

बस्नेतले भने, ‘यो समस्याबाट बाहिर निस्कन बालबालिकालाई समयतालिका सिकाउन जरुरी हुन्छ। १० बजे सुत्ने हो भने त्यति नै बजे सुत्नुपर्‍यो, मोबाइल नचलाइ निन्द्रा लाग्दैन भने त्यसलाई लिएर बेडरूममा जान भएन या आँखाबाट टाढा राख्नुपर्‍यो।’

त्यस्तै बालबालिकाले अत्यधिक चलाउने एपमा टाइमर लगाउन सकिन्छ। एक घण्टा चलाउने भनेपछि त्यति समय सेट गर्ने र समय सकिएपछि त्यो एप आफैं बन्द हुने बनाउन पनि सकिन्छ।

सबैभन्दा उत्तम उपाय भनेको बालबालिका गेमको लतमा छन् या कुनै एपको लतमा छन् भने त्यो एप डिलिट गर्ने नै हो। त्यसको सट्टा एप चलाउने समय शारीरिक खेलमा लगाउन सकिन्छ। जस्तै- कुनै बालबालिका मोबाइलमा क्रिकेट खेल्छ भने उसलाई शारीरिक रूपमा क्रिकेट खेल्ने वातावरण मिलाउँदा उनीहरू यस्ता समस्याबाट बाहिर आउन सक्छन्।
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्