Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
रिट निवेदकपक्षका कानून व्यवसायीको एक स्वर

‘सरकारले न्यायालयमै बलमिच्याईं गर्‍यो, न्यायपालिकालाई आफ्नो बाटोमा हिँडाउन खोज्यो’

64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  २२:३९
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सुनुवाईका लागि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशहरुको मर्यादाक्रमअनुसार पेशी तोकेका थिए। केही सातादेखि चलेको इजलासमा न्यायाधीश बस्न मिल्ने र नमिल्ने बहस समाप्त भएपछि मुद्दाको तथ्यमा प्रवेश गरी सुनुवाइ हुने आशासहित संवैधानिक इजलास सुरु भएको थियो।

तर, सरकारीपक्षका कानुन व्यवसायीले पुन: इजलासमा रहेका न्यायाधीशको बारेमा प्रश्न उठाए। मुद्दा सुरु हुनुभन्दा अघि नै इजलास कब्जा गरेर बसेका सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीहरुले यसलाई विषय प्रवेश नै गर्न दिएनन्।

प्रधानन्यायाधीश राणाले सुरुमै संवैधानिक इजलासको रोष्टरमा रहेका ११ न्यायाधीशले हेर्न नमिल्ने भनी आएको निवेदन फिर्ता लिन कानुन व्यवसायीलाई सचेत गराए। प्रधानमन्त्री ओलीका कानुन व्यवसायी रहेका राजाराज घिमिरेले यस्तो रिट ल्याएपछि राणाले यो अदालतको अवहेलना हुने कुरा भएकाले अवहेलनामा कारबाहीसम्म हुनसक्ने चेतावनी दिँदै दर्ता गर्ने कि फिर्ता लिने भनी सोधे। उनीसँगै अरु तीनजना पनि रिट दर्ता गर्ने क्रममा थपिए। उनीहरु सबैले दर्ता गर्ने भनेपछि इजलास अन्तै सुरु भयो।

यत्तिकैमा महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गरे। निवेदनमाथिको सुनुवाइ भएर छलफलमा बोलाएपछि, अदालतले खोजेपछि वा पहिलो सुनुवाइमै प्रतिरक्षाको निवेदन दिएपछि निवेदकले बहस गरेपछि मात्र बहस गर्न पाउने सरकारी वकिल सुरुमै हावी भए। संवैधानिक इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश इजलासको प्रक्रिया पालना गराउनेतिर गएनन्। उनले समय नै नतोकि सीधै बहस गर्न दिए र आफू पनि सुनिरहे। 

बडालपछि बहसका लागि अघिल्लोपटक प्रधानमन्त्रीको तर्फबाट बहस गरेका सबैजसो अधिवक्ताहरु उपस्थित भए। पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलदेखि वरिष्ठ अधिवक्ता सुशील पन्तसम्मले न्यायाधीशमाथि प्रश्न उठाएर बहस गर्न भ्याए। वरिष्ठ अधिवक्ता पन्तले दुई जना न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईमाथि गम्भीर प्रश्न उठाए। कार्की र भट्टराईले आफू अलग हुने भएपछि अरुलाई बस्न नमिल्ने भनी कसरी आदेश गर्न मिल्छ? भनी उनले प्रश्न उठाए।

त्यस्तै न्यायाधीशहरुले नेकपाकै 'बाइप्रोडक्ट' प्रतिनिधि सभा विघटन हो भनी कसरी थाहा पाउनुभयो भनी प्रश्न उठाए। उनले भट्टराईविरुद्ध दर्ता भएको महाअभियोगमा निर्णय गर्ने दुई सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की र अमनलाल मोदीसमेत रिट निवेदक भएकाले इजलासमा बस्न नमिल्ने दाबी गरे।

पूर्वमहान्यायाधिवक्ता खरेलले पनि यस्तै प्रश्न उठाए। खरेलले इजलासमा रहेको एक न्यायाधीशले अर्कोलाई बस्न मिल्दैन भनेर आदेश गर्न नमिल्नेसमेत दाबी गरे। सरकारीपक्षको बहस चलिरहँदा प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले आफ्नो कुरा राख्न खोजे तर न्यायाधीश ईश्वर खतिवडाले रोके। ‘इजलास गठनबारे बहस नै हुनुपर्ने होइन। यसले हामीलाई 'कम्फर्टेबल फिल' भइरहेको छैन,’ खतिवडाले  उनलाई रोक्दै भने, ‘धेरै बहस आइसक्यो, बस्नुस्, निवेदकपक्षको कुरा सुन्छौ।’

इजलासबाट यस्तो निर्देशन आएपछि उनी पछि हटे। लगत्तै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की निवेदकका तर्फबाट बहसका लागि आए। कार्कीले आज भइरहेको बहसको प्रक्रियाबारेमा प्रश्न उठाए। ‘महान्यायाधिवक्ताको निवेदन आयो, बहस सुरु गर्नुभयो। मुद्दाको बहस नै सुरू भएको छैन, कसरी यो भयो?,’ अघिल्लोपटक भएको विघटनको एमिकस क्युरी भएर राय दिएका कार्कीले इजलासमा भने, ‘म आग्रह गर्छु, अदालतमा सरकारीपक्ष र राजनीतिज्ञले यो न्यायाधीश हुन्छ/हुँदैन भन्‍न मिल्दैन। यो कार्यले कसैको हित गर्दैन, महान्यायाधिवक्तालाई फिर्ता हुन भन्छु।’

nimb
nimb
Ncell 2
Ncell 2

उनले सैद्धान्तिकरुपमा मुद्दाका पक्षहरुले न्यायाधीशहरुमाथि यस्तो प्रश्न छ भन्नसक्ने भए पनि सरकारले विश्वास नगर्ने भन्ने नहुने भएकाले यो गलत अभ्यास भएको दाबी गरे। उनले पटक-पटक महान्यायाधिवक्तालाई यसबाट फिर्ता हुन आग्रह गरेका थिए।

उनीपछि बहसका लागि अर्का पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ उठे। श्रेष्ठले सबै रोष्टरका न्यायाधीशले हेर्न मिल्दैन भनेर महान्यायधिवक्ताले गरेको बहसमाथि नै प्रश्न उठाउने अवस्था आएको बताए। उनले पनि प्रक्रियामाथि नै प्रश्न उठाए। ‘निवेदकले सुरु गरेपछि हस्तक्षेपमा आउने होला, यहाँ त सुरुमै आयो,’ उनले भने, ‘यहाँ दुई न्यायाधीशको मात्र कुरा उठेन सम्माननीयज्यूको विषयमा पनि प्रश्न उठेको छ। यो कसरी इजलासमा प्रवेश भयो?’

निवेदकले दायर गरेको निवेदनमा पहिल्यै नै बहस गरेकोप्रति राणाले इजलासको मर्यादा पालना नगराएको उनको तर्क थियो। सीधै नभने पनि उनले घुमाएर यस्तो प्रश्न गरेका थिए। ‘निवेदकको मागदाबीमा बहस भयो कि भएन? दुई जनाको नाममा जसरी प्रश्न उठ्यो, त्यो प्रश्न ११ जनामाथि नै हो,’ श्रेष्ठले भने, ‘केही समयअघि भारतमा किन न्यायाधीशले प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलन गरे? आजको प्रश्न उठाइ निकै गम्भीर छ।’

उनले प्रक्रिया के भएको छ छलफल गर्न पनि आग्रह गरे। ‘अदालतबाट के आदेश होला मानौँला,’ श्रेष्ठले भने, ‘न्यायालयको हुर्मत लिने काम राज्यपक्षले गरेको छ, यो सह्य कुरा होइन।’

श्रेष्ठपछि बहसका लागि अधिवक्ता टीकाराम भट्टराई उपस्थित भए। भट्टराईले पनि सरकारीपक्षले गरेको बहसको प्रक्रिया र प्रश्नमाथि प्रश्न उठाए। ‘कार्यपालिकाले न्यायपालिका, संविधानलाई कता लैजान खोज्दै छ, यही कुरा यहाँ देखिएको छ,’ भट्टराईले भने, ‘कार्यपालिकाबाट आउने धम्की यो अदालतले सहन्छ कि सहँदैन अबको प्रश्न यही हो।’
 
पञ्चायत र राजाको समयमासमेत स्वतन्त्र फैसला दिन सफल भएको अदालतमाथि आज सरकारीपक्षले हमला गरेको आरोप उनले लगाए। ‘जसरी सरकारीपक्षले दुई न्यायाधीशको आदेशमा प्रश्न उठाउनुभयो, के त्यो अन्तिम आदेश थियो? सरकारले न्यायाधीशको योग्यतामाथि प्रश्न उठाउन मिल्छ?,’ उनले भने, ‘सरकारले अदालतप्रति प्रश्न उठाउन पाउँदैन। सरकारले नै अदालत र अमुक न्यायाधीसमाथि यस्ता प्रश्न उठाएर बहस गर्छ भने के भन्ने?’ भट्टराईले कार्यकारीको बाटोमा अदालतलाई हिँडाउन खोजेको आरोप लगाए।

‘पञ्चायत र राजाको समयमा लिन नसकेको हुर्मत आज गणतन्त्रमा सरकारले लिँदै छ,’ भट्टराईले भने, 'संवैधानिक इजलाससम्बन्धी नियमावलीमा त सरकारले पहिल्यै न्यायाधीशमाथि बहस गर्ने उल्लेख छैन। हामी कसको निवेदनमाथि बहस गरिरहेका छौं? पेशीमा त अरु कसैको मुद्दा छ। कसको मुद्दा हो यो बहस भइरहेको?’

उनले प्रधानन्यायाधीश राणाले अघिल्लो सुनुवाइमा दुई जना न्यायाधीशले मलाई हस्ताक्षर गर्ने ठाउँ राख्नुभएन कसरी भन्न सक्नुहुन्छ भनी प्रश्न गरे। भट्टराईले कार्यकारीले न्यायालयमाथि गरेको हस्तक्षेप भएकाले यसमा इजलास गम्भीर हुनुपर्ने तर्क गरे। 

भट्टराईपछि अधिवक्ता सुनिलकुमार पोखरेलले बहस गरे। पोखरेलले सुरुमै महान्यायाधिवक्ता बडालले अस्ति मुद्दा जिते जसरी बहस गरेको र आज हारेको जसरी गरेको तर्क गरे। उनको यो बहसपछि न्यायाधीशहरुले तथ्यमा बहस गर्न आग्रह गरे। ‘यो अदालत संविधानले दिएको अधिकारअन्तर्गत गठन भएकोले यसमा प्रश्न उठाउन मिल्दैन,' उनले भने।

संविधानले तोकेका अधिकारअन्तर्गत वरिष्ठताको आधारमा इजलास गठन भएकाले यसमा बहस हुन जरुरी नहुने उनको तर्क थियो। उनले इजलासको सुनुवाइ सकेर फैसला गर्दा अहिले उठेका कुरा विस्तृतरुपमा लेख्नसक्ने जिकिर गरेका थिए।

उनीपछि वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरेका थिए। यादवले पनि प्रक्रियाकै बारेमा प्रश्न उठाए। सरकारीपक्षले के आधारमा मुद्दा नै सुरु नभई बहस गर्‍यो, इजलासले के आधारमा समय उपलब्ध गराएको हो यसको ख्याल हुनुपर्ने उनको तर्क थियो। त्यस्तै, सरकारीपक्षले न्यायाधीशमाथि प्रश्न उठाउनु भनेको समग्र न्यायपालिकामाथि प्रश्न उठ्ने भएकाले गलत अभ्यास भएको उनले दाबी गरे।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
सम्बन्धित सामग्री
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो । शुक्रबार, वैशाख ४, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो। शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्