काठमाडाैं- इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड जेडन सान्चोलाई भित्र्याउने तयारी थालेकाे छ।
बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डले स्थानान्तरण शुल्क कम गरेसँगै युनाइटेडले उनलाई भित्र्याउने तयारी थालेको हाे।
युनाइटेडले गत वर्ष सान्चोलाई भित्र्याउने काेशिस गरेकाे थियाे। तर, गत सिजन डर्टमन्डले मागेको १० करोड ८० लाख पाउन्ड तिर्न युनाइटेड सहमत भएन।
यसपटक भने डर्टमन्डले ८ करोड १५ लाखमै सान्चोलाई बेच्ने भएको छ।
२१ वर्षीया सान्चोले गत सिजन डर्टमुन्डका लागि सबैखाले प्रतियोगितामा गरेर १६ गोल तथा १४ एसिस्ट गरेका थिए।
उनले २०१७ मा डर्टमन्डबाटै आफ्नो व्यवसायिक करियर सुरु गरे। उनले अहिलेसम्म डर्टमन्डका लागि १ सय ४ खेलमा ३८ गोल गरिसकेका छन्।
उनले वाटफोर्ड र म्यानचेस्टर सिटीको एकेडेमीबाट पनि खेलिसकेका छन्। इङ्ल्यान्डबाट उनले २०१८ मा डेब्यु गरेका थिए। अहिलेसम्म १८ खेलमा उनले ३ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।