• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा विघटन : कस्तो इजलास गठन गर्दैछन् प्रधानन्यायाधीश राणा?  

वरिष्ठताका आधारमा इजलास गठन भए प्रश्न उठाउने तयारीमा ओली पक्ष 
64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  ०९:३१
1140x725

काठमाडौं– पाँच महिनाको अवधिमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा सम्भवत: आइतबारबाट पहिलो सुनुवाइ सुरु हुनेछ। यसअघि एकल इजलास र संवैधानिक इजलास बसेपछि यसमा सुनुवाइ हुन सकेन। जेठ ७ गते मध्यरातमा भएको प्रतिनिधि सभा विघटनविरुद्ध ३० थान निवेदन दर्ता भएका छन्। विपक्षी गठनबन्धनका तर्फबाट १४६ सांसद सर्वाेच्चमा उपस्थित भई रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो पेशी १४ गते, शुक्रवार तोकिएको थियो। 

पहिलो सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले सवैधानिक इजलासको रोष्टरबाट पिक एण्ड चुज शैलीमा इजलास तोकेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका थिए। उक्त इजलासमा रहेका दुई न्यायाधीश केसी र श्रेष्ठमाथि कानुन व्यवसायीले शुक्रबार नै प्रश्न उठाएका थिए। उक्त मुद्दा १६ गते आइतबारलाई हेर्दा हेर्दै रह्यो। आइतबार विपक्षी गठनबन्धनका तर्फबाट वहस गर्न उत्रेका वरिष्ठ अधिवक्ताहरूले दुई न्यायाधीहरूको बारेमा नै बहस गरे। महान्यायाधीशवक्ता रमेश बडालले पनि वहस गरे।

दुई न्यायाधीशहरू नेकपा विवादमा फैसला गर्न र पुनरावेदन निवेदनको सुनुवाइमा संलग्न भएकाले हेर्न नमिल्ने प्रश्न इजलासमा जोडबलले उठ्यो। लगत्तै प्रधानन्यायाधीशले 'वहाँहरूलाई नै निर्णय गर्न दिने' भन्दै इजलास समाप्त गरे। उक्त विवादमा एकै पटक मंगलवारमात्र आदेश आयो।

जेठ १८ गते प्रश्न उठेका न्यायाधीशहरू केसी र श्रेष्ठले आफूहरू इजलासमा बस्न मिल्ने जिकीर गरे भने उनीहरूको यो तर्कपछि न्यायाधीशद्वय कार्की र भट्टराईले इजलासवाट अलग भएको राय राखे। सोमबार दिउँसो सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश राणालाई विवादित इजलासका बारेमा ध्यानाकर्षण गराएका थिए। संवैधानिक इजलासको रोष्टरमा रहेका १० न्यायाधीशको सुझाव अनुसार कार्की र भट्टराई अलग भएपछि प्रधानन्यायाधीश राणाले इजलासबाटै अर्को इजलासमा सुनुवाइ हुने र अर्को पेसी जेठ २३ गतेका लागि तोकिएको जानकारी गराएका थिए। 

त्यसअघि उनले सर्वोच्च बार पदाधिकारीसँग वरिष्ठतम न्यायाधीशहरूको इजलास तोक्न आफू नियमावली संशोधनको तयारीमा रहेको जानकारी गराउँदै प्रतिवद्धतासमेत व्यक्त गरेका थिए। उक्त सहमतिअनुसार राणाले शुक्रवार फुलकोर्ट बैठकसमेत राखेका थिए। फुलकोर्ट बैठकमा उनले सर्वाेच्च अदालत संवैधानिक इजलास सञ्चालनसम्वन्धी नियमावली २०७२ को संशोधनसमेत पेश गरेका थिए। तर, फुलकोर्टमा सहभागी न्यायाधीशहरूले अहिले नियमावली संशोधन आवश्यक नभएको र वरिष्ठताका आधारमा इजलास तोक्न कुनै वाधा नभएको सुझाव राणालाई दिएका थिए। 

राणाको प्रस्ताव अस्वीकार भएकाले न्यायाधीश तोक्ने विशेष अधिकार अहिले पनि उनकै जिम्मेवारीमा रहेको छ। शुक्रवार नै नागरिकतासम्बन्धी अध्यादेशको सुुनुवाइका लागि उनले बरिष्ठताको आधारमा इजलास गठन गरेका थिए। यही आधारमा पनि राणाले आजको सुनुवाइमा पनि वरिष्ठताकै आधारमा इजलास गठन गर्ने अनुमान गरिएको छ।  

पहिलो विकल्प : वरिष्ठतम न्यायाधीशको इजलास 
अहिले देखिएको समस्या समाधान गर्ने केही सीमित विकल्प मात्र देखिन्छन्। दुई न्यायाधीशमाथि प्रश्न उठेको र प्रधानन्यायाधीश संविधानको व्यवस्था अनुसार नै संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले उनीहरूको विकल्प खोज्नुपर्ने पहिलो विकल्प देखिन्छ। दुई न्यायाधीशले आफूहरूको संलग्नताबारे प्रश्न उठेकाले इजलासवाट अलग भएको घोषणा गरेको भए त्यही इजलासमा अन्य दुई न्यायाधीश थप हुँदा समास्या समाधान हुने थियाे। तर, उनीहरूले बस्न मिल्ने राय दिएको र अरु न्यायाधीशले अलग हुने राय दिएपछि यो इजलास भङ्ग भयो। 

अहिलेका लागि राणालाई सवैभन्दा उत्तम विकल्प भनेको वरिष्ठताका आधारमा इजलास तोक्ने देखिएको छ। यो अवस्थामा प्रधानन्यायाधीश राणाले अब नयाँ इजलास गठन गर्दा मर्यादाक्रम अनुसार रहेका न्यायाधीश तोक्ने र कसैले हेर्न नमिल्ने भएमा वा अनुपस्थित रहेमा उनीभन्दा मुनिको न्यायाधीशलाई तोक्नु राम्रो हुने देखिन्छ। यसरी इजलास गठन गर्दा राणाले वरिष्ठतमको सूचीमा रहेका सवैलाई समावेश गर्नु पर्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

पहिलो विकल्पमा इजलास गठन भएमा प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको मर्यादाक्रम अनुसार नै तोकेमा कम विवादित हुने देखिन्छ। संविधानले पनि पाँच न्यायाधीश हुने भनेकाले वरिष्ठताका आधारमा गठन गर्दा कुनै पक्षले विवाद उठाउन नपाउने देखिन्छ। 

यसरी इजलास गठन गर्दा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भवर श्रेष्ठ नयाँ सदस्य हुने सक्नेछन्। कार्कीले अघिल्लो पटक प्रतिनिधि सभा विघटनमा आफूलाई अलग राखेका उनी इजलासमा समावेश नभएमा उनको स्थानमा ईश्वर खतिवडाको प्रवेश हुनेछ। त्यस्तै अर्का न्यायाधीश श्रेष्ठलाई कोरोना संक्रमण भएकाले उनको स्थानमा अर्को न्यायाधीश तोकिँदा आनन्दमोहन भट्टराई तोकिनेछन् । 

दोस्रो विकल्प : दुई न्यायाधीशको स्थानमा अन्य दुई ल्याउने 
दोस्रो विकल्पको रुपमा प्रश्न उठेका न्यायाधीशहरूको स्थानमा दुई न्यायाधीश थप गर्ने विकल्प हुन सक्ने देखिन्छ। यसो गरेमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासँगै वरिष्ठतम न्यायाधीश कार्की, भट्टराई र अन्य दुई न्यायाधीश रोष्टरमा रहेका जो पनि थप हुन सक्नेछन्। तर, एक पटक प्रश्न उठेपछि गठन भएको इजलासमा भने फेरि क्रमभङ्गताका आधारमा गठन हुनु उपयुक्त देखिँदैन। यसले केही न्यायाधीशप्रति अन्याय गरेको देखिनेछ।

दोस्रो क्रम अनुसार पिक एण्ड चुजकै शैलीमा इजलास गठन गरेमा भने रोष्टरमा रहेका १३ न्यायाधीशमध्ये हरिकृष्ण कार्की, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ बाहेकका अरु चार न्यायाधीश इजलासमा अटाउने छन्। उनीहरू बाहेक न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र टंक मोक्तान रहेका छन्। उनीहरूमध्ये चार सारथी राणाले तोक्नेछन्। 

अघिल्लो पटकको विवादको अन्तिम समयमा राणाले रोष्टरमा रहेका अन्य न्यायाधीशको इजलास तोकिने र अव कसैले पनि विवाद नगर्नुहोला भनी रुलिङ नै गरेका छन्। पक्षका कानुन व्यवसायी र सरकारी पक्षलाई समेत राणाले यस्तो जानकारी दिएका छन् । 

कार्की र भट्टराईमाथि प्रश्न उठाउने तयारीमा ओली पक्ष 
प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा इजलास तोकेमा दोस्रो नम्बरमा रहेका न्यायाधीश दीपककुमार कार्की  र अर्का न्यायाधीश आनन्दमोहन भट्टराई समावेश हुनेछन्। यी दुईसहितकाे  इजलास गठन भएमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले उनीहरूमाथि प्रश्न उठाउने तयारी गरेको छ। महान्यायाधिवक्ता रमेश बडालले बालुवाटारमा ओली निकट कानुन व्यवसायीसँग यस बारेमा छलफल पनि गरेका छन्। न्यायाधीश कार्की र भट्टराईको एक प्रकारको राय आइसकेकाले उनीहरू इजलासमा बस्न नमिल्ने तर्क उनीहरूले उठाउने तयारी गरेका हुन्। उनीहरूको बारेमा प्रश्न उठेमा फेरि यो मुद्दाको सुनुवाइ लम्बिनेछ। 

११ न्यायाधीशले हेर्न नमिल्ने जिकीरसहित ओली पक्षको निवेदन 
सर्वोच्च अदालतमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै निवेदन दिएका एक अधिवक्ताले सवैधानिक इजलासको रोष्टरमा रहेका ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने जिकीर गर्दै निवेदन दिएका छन्। अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासको रोष्टरमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी र बमकुमार श्रेष्ठले हेर्न नमिल्ने जिकीर गरिएको छ।

संसदीय सुनुवाइमा अनुमोदन गर्ने व्यक्ति रिट निवेदक भएकोदेखि महाअभियोगमा सफाइ दिएकोसम्म तर्क गर्दै उनले यो रोष्टरमा रहेका कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने भएकाले नयाँ गठनको माग गरेका छन्। ओली पक्षले पनि यही दावी सर्वाेच्चमा आइतबार उठाउने तयारी गरेको छ।

प्रधानमन्त्री ओली निकट एक अधिवक्ताका अनुसार हेर्न नमिल्ने न्यायाधीशहरूले नहेरी नयाँ रोष्टर बनाएर त्यहाँवाट न्यायाधीश ल्याएर हेर्नुपर्ने कुरा स्वाभाविक रुपमा उठ्ने भएकाले यो उठाउने तयारी भएको हो। अधिवक्ता घिमिरेसहित ४ जनाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको रुपमा ओलीलाई राष्ट्रपतिले नियुक्त गर्नुपर्ने माग गर्दै रिट दायर गरेका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पाँच घण्टासम्म चलेको उक्त बैठकमा सांसदहरूले आफ्ना क्षेत्रगत तथा समू... बुधबार, वैशाख २, २०८३
गृहमन्त्री गुरुङ र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । बुधबार, वैशाख २, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बुधबार, वैशाख २, २०८३
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्