• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

उपेन्द्र यादवको एमाले मार्ग

64x64
किशोर दहाल सोमबार, जेठ १४, २०७५  १३:०३
1140x725

संविधान जारी हुँदै गर्दा फोरम अध्यक्ष उपेन्द्र यादव निकै आक्रोशित सुनिन्थे। उनी भन्थे– 'संविधान पुनर्लेखन हुनुपर्छ।' उनले कतिपय कार्यक्रममा संविधान पुनर्लेखनका लागि मात्रै सरकारसँग वार्ता हुने बताउने गरेका थिए। यादवका अघिल्तिर आन्दोलनकारी अन्य पार्टीका नेताहरु उति आक्रामक थिएनन्। संविधान संशोधन मात्रै उनीहरुको मुख्य माग थियो। अन्य नेताहरु संशोधन गर्नुपर्ने धारा र उपधारामा अलमलिइरहँदा यादवको भने एक सूत्रीय माग थियो– 'संविधान पुनर्लेखन नै हुनुपर्छ।'

संविधानको बचाउमा लागेको अर्को दल तत्कालिन नेकपा एमाले र उसका अध्यक्ष केपी ओली यादवको ठीक विपरित धारणा राख्थे। पहिले त सो पार्टीका नेताहरु संविधान संशोधन हुनसक्ने वा गर्नुपर्ने विषय नै राष्ट्रघातसँग तुलना गर्थे। पछिपछि चुनाव र सत्ताको नजिक पुगेपछि भने आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुनसक्ने बताउन थालेका थिए। त्यो आवश्यकता र औचित्यका पछाडि देशको समृद्धि र विकास लागि अवरोध पुगेमा मात्रै संविधान संशोधन हुनसक्ने एमालेको तर्क हुनेगर्थ्यो। अर्थात्, संविधान संशोधन आवश्यक छैन भन्ने एमालेको अन्तर्य बुझ्न कठिनाइको विषय थिएन।

उता यादव भने मौनमौन हुन थालेका थिए। आन्दोलनका सहयात्रीबाट उनी विस्तारै अलग्गिँदै गइरहेका थिए। प्रचण्ड सरकारले स्थानीय तहको मिति तोकेपछि त स्पष्ट रुपमै यादवको 'यु–टर्न' सुरु भयो। सँगै आन्दोलन गरेका अन्य मधेस केन्द्रित शक्तिहरु राष्ट्रिय जनता पार्टी निर्माणमा लाग्दै गर्दा उनी भने 'म जन्मिएको माटोले जा भनेकाले चुनावमा सहभागी भएँ' भन्दै चुनावमा होमिए।
संविधान संशोधनको कुरा उठाउन नछाडेको राजपालाई यादवले स्वभाविक रुपमा लिएनन्। सो पार्टीको गठनलाई पनि उनले रुचाएनन्। भारततिर संकेत गर्दै 'टाउको त जोड्दियो तर आत्मा र विचार अरूले जोडेर जोडिन्न नि!' भन्दै बेवास्ता गरे।

मुख्यगरी मधेस केन्द्रित राजनीति गर्नुको नाताले राजपासँग मिलेरै प्रदेश र प्रतिनिधिसभा चुनावमा भाग लिए। प्रतिनिधिसभामा पाँचौं ठूलो दल (अहिले चौथो) भए।

अर्कोतिर वाम गठबन्धन बनाएर चुनाव लडेका तत्कालिन एमाले र माओवादी केन्द्रका बीच एकता प्रक्रियामा गतिरोध आउँदा यादव चर्चामा आए। यतिबेलासम्म उनी एमाले र माओवादी निकट भइसकेका थिए। 

गत पुस पहिलो हप्ता आफ्नो निर्वाचन क्षेत्रमा शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका बेला ओलीको फोन पाएपछि यादव तुरुन्तै काठमाडौं आएका थिए। त्यसपछि नै उनी सरकारमा सहभागी हुने हल्ला चलिसकेको थियो। कतिसम्म भने एमाले र माओवादी समीकरण भत्किएमा एमालेले यादवलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सम्मका विश्लेषण हुन थाल्यो। राष्ट्रिय दलको मान्यताप्राप्त सबैभन्दा सानो दलको चर्चा बढ्यो।

यादव मानसिक रुपमा सरकारमा जान भने तयार भइसकेका थिए। उनले आफू निकटका नेतालाई त्यसका लागि पनि तयार गरेका थिए। जसरी हुन्छ, मिलाएर जानुपर्छ भन्ने मान्यता उनको थियो। 'सरकारमा नगएर यत्रा वर्ष के गाइ चराएर बस्छौ?', यादवले गर्ने गरेको प्रश्न भन्दै उनी निकट एक नेताले पंक्तिकारलाई सुनाएका थिए।

अन्ततः नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच दुई बुँदे सहमति भएको छ। सहमतिसँगै सो पार्टी सरकारमा जाने निश्चित भएको छ। सरकारमा जानु अनौठो कुरा होइन। किनकि सो पार्टी त्यसका लागि तयार नै थियो। अनौठो त संविधान संशोधनका लागि उसले हस्ताक्षर गर्न तयार भएको बुँदा हो। सहमतिपत्रको पहिलो बुँदामा भनिएको छ– 'संघीय 8वादी फोरम, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संबोधन गरिने छ।'

Ncell 2
Ncell 2
nimb
nimb

संविधान संशोधनको विषयमा सहमतिपत्रमा जे लेखिएको छ, त्यो पूरापुर पूर्व एमालेको र केपी ओलीको अडान हो। आइतबारमात्रै उनले संसदमा 'आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ' भनेका थिए। र, त्यसमा उनले जोडेका थिए– 'देशलाई अगाडि बढाउन, जनतालाई अधिकार सम्पन्न बनाउन, जनताको आवश्यकतालाई परिपूर्ति गर्न, विकासको कामलाई अगाडि बढाउन, समृद्धि हासिल गर्न संविधान संशोधन गर्न सकिन्छ।' 

यादव पनि एमाले र ओली मार्गमै दौडने कुरा अपेक्षित थिएन। मधेसको पक्षमा संविधान संशोधन गर्ने कुरा उनी पहिलो पटक स्थानीय तहको चुनावमा सहभागी भएदेखि नै धरापमा पर्दै आएको थियो। पछिल्लो कदमले त्यो झनै असम्भव बन्ने प्रष्ट भएको छ। अब कदाचित संविधान संशोधन भएमा उही ओलीले भनेजस्तै समृद्धि र विकासमा अवरोध हुने बुँदामा मात्रै हुनसक्छ। जुन अवरोध संविधानमा हुनेकुरा भएन। रेल र जहाज कुदाउन कुन धारा पो अवरोधक होला र?

हिजो यादवको एक वचनमा सडकमा उत्रिएर गोली थाप्न तयार कुनै युवाले यो सहमति पत्रलाई धोका हो भन्यो भने त्यो अतिरञ्जित र असत्य हुने छैन। कारण, मधेसका जति पनि मुद्दा छन् भनेर हिजो आन्दोलन गरिएको थियो र त्यसको नेतृत्व यादव लगायतले गरेका थिए, त्यसको एक टुक्रा पनि सम्बोधन हुने सुनिश्चितता यो सहमतिले गर्न सक्दैन। सक्छ भने यादवले त्यसको आधार दिन सक्नुपर्छ। दिन सक्दैनन् भने अबका कुनै पनि आन्दोलनमा मधेसका जनताले यादव वा उनी जस्तै कडा कुरा गर्ने नेतालाई साथ दिइरहनु जरुरी नभएको प्रष्ट हुन्छ। 

उसबेला संविधान पुनर्लेखनको विकल्प नरहेको बताउने यादव कसरी 'देश र जनताको पक्षमा' भन्ने अमूर्त सहमतिपत्रमा हस्ताक्षर गर्न हतारिए? यो 'गाइ चराएर नबस्ने' गोठाले राजनीतिक चाहनामात्रै हो कि ओलीको बारीमा आफैं चर्न जाने भतेर राजनीति हो? यादवले जवाफ देलान्–नदेलान्, तर हिजो उनकै कुरामा विश्वास गरेर महेन्द्र राजमार्गमा गोली खान तयार भएका उत्सर्गी समूह र गोली खाएका सहिदका परिवारले जवाफ खोज्छन् नै। जनतालाई जवाफ नदिने राजनीति कतिञ्जेल टिक्छ?

नेताहरुको बोलीलाई जनताले गम्भीरताका साथ लिन जरुरी नभएको प्रष्ट सन्देश यादवले दिएका छन्। कारण, पुनर्लेखन भनेर कडा भाषण गर्ने गरेका यादवमा पनि कुनै दम रहेनछ। बरु ती सबै सत्ताको भर्‍याँङ ठड्याउने उपाय मात्रै रहेछ। झुटको खेति गरेर आफ्नो गुमेको साख फर्काउने प्रयासको बाध्यात्मक अभिव्यक्ति मात्रै रहेछ। अब उनको कुराको विश्वास गर्ने आधार अब सकिएको छ। अब कुनै पनि बेला आन्दोलन गर्नुपर्ने अवस्था आयो र उपेन्द्र यादवले नै त्यसको नेतृत्व गर्न चाहे भने जनताले कसरी विश्वास गर्ने? उनले यसबारे सोच्नुपर्छ। सत्ता सधैंभर सत्य नहुनसक्छ। कुनै क्षणमा त्यस्तो लाग्नुचाहिँ राजनीतिमा स्वभाविक हो। तर, हिजोको सडक आवेगले यादवलाई कुनै पनि क्षण झक्काउन सक्छ। 

सहमति पत्रमा विगतको आहुतिको कुनै रङमात्रै मिसिएको भए उनलाई शंकाको सुविधा दिन सकिन्थ्यो होला। उनी त पूर्व एमालेको खोतलेको सडकमा कालोपत्रे गर्दै अघि बढे। यादवलाई ज्ञात होस्, यति सहमति त नाकाबन्दीकै बेला तत्कालीन प्रधानमन्त्री ओलीले गरिदिनसक्थे। 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्