काठमाडाैं- फिफा विश्वकप तथा एसियन कपको एसियन छनोटमा श्रीलंका पराजित भएकाे छ। दक्षिण कोरियास्थित गोयाङ स्टेडियममा शनिबार साँझ भएको खेलमा लेवनानसँग श्रीलंका ३-२ गाेलले पराजित भएकाे हाे।
लेवनानको जितमा जोन ओउमारीले दुई तथा मोहम्मद केडाउले एक गोल गरे । श्रीलंकाका एहमेद वासिम राजिकले दुवै गोल गरेपनि हार टार्न सकेन ।
खेलमा अग्रता भने श्रीलंकाले लिएकाे थियाे। १०औं मिनेटमा राजिकले गाेल गर्दै अग्रता दिलाएका थिए। तर, खुशी मनाउन नपाउँदै श्रीलंककाले अग्रता गुमाउन पुग्याे। ११औं मिनेटमा लेवनानका ओउमारीले गाेल गर्दै खेल बराबरमा ल्याए।
त्यसकाे ७ मिनेटमा केडाउले गाेल गर्दै लेवनानलाई २-१ काे अग्रता दिलाए। पहिलाे हाफकाे अन्तिममा पुन: ओउमारीले व्यक्तिगत दाेस्राे गाेल गर्दै लेवनानलाई ३-१ काे अग्रता दिलाए।
खेलकाे ६१औं मिनेटमा श्रीलंकाले पेनाल्टी पायाे। जसलाई राजिकले सदुपयाेग गरेपनि श्रीलंकका ३-२ ले पराजित भयाे।
जितपछि समूह ‘एच’ मा रहेको लेवनान १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। शीर्षस्थानको दक्षिण कोरियासँग समान अंक भएपनि लेवनान गोल अन्तरमा पछि छ।
आजै भएकाे खेलमा कोरियाले तुर्केमिनिस्तानमाथि ५–० को जित हात पारेकाे थियाे। कोरियाले ४ खेलबाट १० अंक जोडेको छ। पराजित तुर्केमिनिस्तान ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। श्रीलंका अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।