काठमाडाैं- फिफा विश्वकप तथा एसियन कपको एसियन छनोटमा तुर्केमिनिस्तानमाथि दक्षिण कोरियाले फराकिलो जित दर्ता गरेको छ।
गोयाङ स्टेडियममा शनिबार साँझ भएको खेलमा घरेलु टोलीले ५–० को जित हात पारेकाे हाे। कोरियाकाे जितमा ह्वाङ उइ जोले दुई तथा ताई हि नाम, योङ जिओन किम र चाङ हुन क्वानले समान एक एक गोल गरे।
खेलको नवौं मिनेटमै काेरियालले अग्रता लिएकाे थियाे। उसका लागि जोले गोल गरे। ४५औं मिनेटमा ताई हि नामले गोल गर्दै कोरियाको अग्रता दोब्बर पारे।
५६औं मिनेटमा किमले गोल गर्दा कोरियाले ३–० काे अग्रता लिएकाे थियाे। ६२औं मिनेटमा क्वोनले गोल गर्दै कोरियालाई ४–० काे अग्रता दिलाए।
७२औं मिनेटमा जोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै जित दिलाए। जितपछि समूह ‘एच’ मा रहेको दक्षिण कोरिया ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ।
लेवनान १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। शीर्षस्थानको दक्षिण कोरियासँग समान अंक भएपनि लेवनान गोल अन्तरमा पछि छ। आजै भएकाे खेलमा लेवनानले श्रीलंकालाई ३–२ ले पराजित गरेको थियाे।
पराजित तुर्केमिनिस्तान ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। श्रीलंका अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।