काठमाडौं– स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्। शुक्रबार राति मड्रिडको मेट्रोपोलिटानो रंगशालमा भएको युरो २०२० को वार्मअप खेलमा स्पेनले पोर्चुगलसँग बराबरी खेलेको हो।
२७ वर्षीय म्यान्चेस्टर सिटीका डिफेन्डर लापोर्टेले हालसालै स्पेनकको नागरिकता लिएपछि पोर्चुगलसँगैको खेलमा डेब्यू गरेका थिए। फ्रान्सको सिनियर टिमबाट भने उनले खेलका थिएनन्।
खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको भएपनि स्पेन गोल गर्नबाट चुकेको थियो। स्पेनले गोल गर्न पाएको दुई मौकालाई सदुपयोग गर्न सकेन। मोराटा र फेरन टोरेस गोल गर्नबाट चुकेका हुन्।
पोर्चुगिज स्ट्राइकर रोनाल्डोले गोल गर्ने एक महत्वपूर्ण अवसर गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।