काठमाडाैं- सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ।
जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएकाे खेलमा नेपालले ताइपेइलाई २–० गाेल अन्तरले पाराजित गरेकाे हाे।
नेपालकाे जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक/एक गाेल गरे।
नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।
उक्त पेनाल्टीमा अन्जनले सहजै गाेल गरे। यता, ८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए। सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गरे।
जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ।
नेपालकाे सुधारिएकाे प्रदर्शन
विश्वकप २०२२ छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना गाणितीय रुपमा बाँकी छ। तर, याे खेल एसियन कप २०२३ को छनोट पनि हाे। महादेशीय प्रतियोगिताको छनोटमा भने नेपाल तेस्रो चरणमा पुग्नसक्छ। नेपाली टाेलीकाे लक्ष्य्य यही हो। त्यसैको लागि ताइपेइविरुद्धकाे खेल महत्त्वपूर्ण रहेकाे थियाे।
करिब पाँच दिन अगाडि मैत्रीपूर्ण खेलमा एसियाकै शक्तिशाली मध्येको एक इराकविरुद्ध ३७ मिनेटसम्म नेपालले २–१ को अविश्वसनीय अग्रता लिएको थियो। पछि इराकको दबाब थेक्न सकेन र ६-२ गाेलकाे फराकिलाे हार बेहाेरेकाे थियाे।
मैत्रीपूर्ण खेलमा युवा खेलाडीले गरेकाे लाेभलाग्दाे प्रदर्शनसँगै नेपाली टाेलीकाे आत्मविश्वास बलियाे देखिएकाे थियाे। यद्यपि, नेपाली टोलीकाे ताइपेइविरुद्ध मैदान उत्रिँदा एकै समस्या रहेकाे थियाे, गर्मी।
कुवेतेली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यहाँकाे मौमसमा खेल्न कठिन हुने बताएका थिए। भयाे पनि त्यस्तै। गर्मीकाे रापमा नेपाली खेलाडीले भने क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्।
यद्यपि, उनले आफ्नाे लक्ष्य्य चौथो स्थान सुरक्षित गर्न र एसियन कप क्वालिफायर्समा मौका बनाउने रहेकाे भन्दै त्यसका लागि खेल जित्नैपर्ने स्थितिमा उत्रिने बताएका थिए। उनले ताइपेइको टिममा खेलाडीहरु र प्रशिक्षक पनि नयाँ भएकाे भन्दै यसकै फाइदा लिँदै आक्रमक खेल खेल्ने बताएका थिए।
जुन रणनीति सफल पनि भयाे। नेपालभन्दा ताइपेइ ३० स्थानमाथि छ। यद्यपि, ‘होम एन्ड अबे’ को नियम भएपनि कोरोना महामारीका कारण नेपालले घरेलु मैदानका बाँकी तीनै खेल कुवेत सिटीमा खेल्दैछ। ताइपेइइमा भएकाे खेलमा पाहुना टाेली नेपालले २-० ले जितेको थियो। नेपाली टिम कुवेतमा त्यही सफलता दोहोर्याउने लक्ष्यमा थियाे।
नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले याे खेलमा लागि दुई परिवर्तन गरेका थिए। नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामालाई टोलीमा स्थान दिएका थिए। उनीहरु आक्रमक खेल्ने गर्छन्।
पहिलो हाफमा नेपालले बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुन्ने प्रयास गरेकाे थियाे। यद्यपि, ताइपेइले फाटफुट काउन्टर अट्याक गर्नुबाहेक कुनै राम्राे अवसर सिर्जना गर्नसकेन।
जसकाे फाइदा नेपालले लियाे। नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएकाे थियाे। उक्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाए।
त्यसपछि नेपालका खेलाडी आत्मविश्वासी देखिए। उनीहरुले ताइपेइविरुद्ध निरन्तर आक्रमक खेल प्रदर्शन गरिरह्याे। ११औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएको थियो। लामो फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट वु चुन चिङले पाेस्टकाे दिशा लिनेगरी हेडमार्फत् बल प्रहार गरेको थिए।
यद्यपि, कप्तान किरण चेम्जोङले सहजै बिफल पारिदिए। १६औं मिनेटमा सन्तोषको लामो पासलाई सुनिल बलले बललाई अगाडी बढाएपनि गोलरक्षक शिह शिनले त्यसलाई बचाए।
२४औं मिनेटमा अन्जनले लेफ्ट विंगमा गरेको प्रहार गोलरक्षक शिनले बचाए। ३२औं मिनेटमा कर्नरमा आएको रिबाउन्डलाई सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। त्यसपछि लगभग १६ मिनेट भने नेपालले कुनै आक्रमण बुन्न सकेन।
दोस्रो हाफमा प्रशिक्षक अलमुताइरीले तीन खेलाडी परिवर्तन गरेका थिए। उनले मनिष डाँगी, नवयुग श्रेष्ठ र विशाल राईलाई मैदान प्रवेश गराएका थिए। ५२औं मिनेटमा मनिषकाे पासमा सन्तोषले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले दिशा लिन सकेन।
६६औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर ताइपेइले फ्रिकिक पाएकाे थियाे। तर, वालमा लाग्दा नेपालविरुद्ध खेल बराबरीमा ल्याउन ताइपेइ चुक्याे। ८०औं मिनेटमा मनिषले एकल प्रयासमा बल अघि बढाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो। त्यसको एक मिनेट नबित्दै नवयुगले नेपालको अग्रता दोब्बर पारे।
सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गरे।८६औं मिनेटमा सन्तोषको फ्रिकिकमा नवयुगको हेडर पोस्टभन्दा थोरैले बाहिरिएको थियो। ८९औं मिनेटमा विशाल राईले मैदान छिरे।
त्यसकाे एक मिनेट नबित्दै ३० यार्ड टाढाबाट गरेको प्रयास गोलरक्षक शिनले बिफल पारिदिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।