तस्वीर : सामाजिक सञ्जाल
काठमाडाैं- विश्वकप फुटबलको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा अहिले चाइनिज ताइपेइविरुद्ध नेपाल भिडिरहेको छ।
कुवेतको रंगशालामा भइरहेको खेलकाे पहिलाे हाफकाे समाप्तिमा नेपालले १-० काे अग्रता लिएकाे छ।
नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
उनले उक्त पेनाल्टीमा गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।