काठमाडौं- उपत्यकामा अब वाणिज्य बैंकका ३ शाखा कार्यालय मात्रै खोल्न पाइने भएको छ।
काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो।
यस्तै, विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय, वित्त कम्पनीको केन्द्रीय कार्यालय र १ वटा शाखा कार्यालय, बीमा समिति तथा बीमा कम्पनीको कर्पोरेट कार्यालय र धितो पत्र बोर्ड खाेल्न दिइनेछ।
तर, प्रशासनले आलोपालो गरी न्यूनतम जनशक्ति अर्थात् २० प्रतिशत मात्र प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।