काठमाडाैं- इटालियन प्रशिक्षक कार्लाे एन्सेलोटीले स्पेनिस क्लब रियल मड्रिडबाट अप्रत्यासित अवसर प्राप्त भएकाे बताएका छन्।
जिनेदिन जिदानेले छाडेपछि उनकाे स्थान लिन इंग्लिस क्लब एभर्टन छोडेर इस्टाडियो सन्टियागो बर्नाबेउ पुगेका कार्लाेले मड्रिड फर्कने एउटा अवसर रहेको विषयलाई अस्वीकार गर्न नसकिएकाे बताएका छन्।
‘म एभर्टनमा रहँदा रमाइरहेको थिएँ, तर मलाई एक अप्रत्याशित अवसर प्राप्त भयाे। मलाई मड्रिडकाे प्रशिक्षक सम्हाल्न सक्ने दाबेदारकाे साथ प्रस्तुत गरियाे। मलाई यो समय मेरो र मेरो परिवारको लागि सही कदम लाग्याे। सधैँ मेरो हृदयमा रहेको टिम रियल मड्रिडको साथ एउटा नयाँ चुनौती म सामु छ।’
इटालियन प्रशिक्षक कार्लाेले एभर्टनमा रहँदा आफूले रमाइलाे गरेकाे पनि सम्झना गरे।
‘क्लबमा रहँदाको समयमा उनीहरूले मलाई अथाह समर्थन र माया दिए। म निर्देशक , बोर्ड, खेलाडीहरू र एभर्टोनियनहरूलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘एभर्टनसँग सम्बद्ध सबैका लागि मेरो पूर्ण सम्मान छ र आशा छ कि उनीहरूको आफ्नो अगाडि अवसरहरू प्राप्त गर्न सक्छन्।’
उनले शानदार र ऐतिहासिक क्लब म्यानेज गर्ने अवसर दिएकोमा एभर्टनका सबैलाई धन्यवाद दिएका छन्। ‘म एभर्टन, मेरा खेलाडी र समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु। मैले छाड्ने निर्णय गरेँ,’ उनले भने।
रियका प्रशिक्षक जिदानले राजीनामा दिएपछि रिक्त रहेको पदको लागि थुप्रै प्रशिक्षकको नाम चर्चामा रहेकाे थियाे। यसअगाडि मासिमिलियानो एलेग्रीले पनिरियल सम्हाल्ने चर्चा चलेकाे थियाे। तर, प्रशिक्षक आन्द्रेय पिर्लोलाई बर्खास्त गरेपछि उनी इटालियन क्लब युभेन्टसको प्रशिक्षक बने।
यता, प्रशिक्षक बन्ने पङ्तिमा रियलकै ‘बी’ टिमका राहुल गोन्जालेज ब्लान्को र रियस सोसिडाडका ‘बी’ टिमका तथा रियलकै प"र्व मिडफिल्डर जाभी अलन्सो रहेका थिए। यस्तै, इन्टर मिलानबाट राजीनामा दिएका एन्टेनियो कोन्टे / पीएसजीका मौरिसियो पोचेटिनो पनि रियल जाने हल्ला चलेकाे थियाे।
यद्यपि, रियलले आफ्नो पूर्व प्रशिक्षक कार्लाेलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। रियल र उनकाेबीच ३ वर्षको सम्झौता भएको छ। उनको सम्झौता मंगलबारबाट नै लागु भएको छ। जसअनुसार उनी २०२४ सम्म रियलमा हुनेछ।
इटालियन क्लब एसी मिलानका पूर्व खेलाडी तथा प्रशिक्षक रहेका कार्लाेले २०१५ मा रियल छाडेका थिए। उनी २०१३ मा पीएसजीबाट रियल पुगेका थिए। दुई वर्षको रियल बसाईमा उनले २०१४ मा च्याम्पियन्स लिग, कोपा डेल रे, सुपर कोपा र फिफा क्लब विश्वकप जिताएका थिए।
कार्लाेले रेगजियाना, पर्मा, युभेन्टस, चेल्सी, पीएसजी, बायर्न म्युनिख र नेपोलीलाई प्रशिक्षण दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।