काठमाडाैं- लगातार दुई दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज करिब ५६ अंकले बढेको छ। साताको चाैथो कारोबार दिन बुधबार नेप्से ५५.७६ अंकले बढेको हो।
आज नेप्से परिसूचक २८२७.१३ विन्दुमा उक्लिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ७.८३ अंकले बढेर ५०५.१६ विन्दुमा कायम भएको छ।
नेप्सेमा आज कूल ११ अर्ब ३५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कूल २१९ वटा कम्पनीका दुई करोड २६ लाख १३ हजार २९ कित्ता सेयर एक लाख १४ हजार २१६ पटक खरिद-बिक्री भएका थिए।
आज राष्ट्रिय बिमा कम्पनी र सानिमा हाइड्रोपावर कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ७.२३ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै एक अर्ब ३७ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि पुनर्बिमा कम्पनीकै आठ लाख दुई हजार ८७३ कित्ता सेयर किनबेच भएका थिए। सोही कम्पनीका सेयर सबैभन्दा बढी आठ हजार पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचक बढेका छन्।
यी हुन् बुधबार धेरै कमाउने र गुमाउने कम्पनी:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।