काठमाडौं- सानिमा बैकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई-बैंकिङ’बाट रेमिट्यान्स सेवा उपलब्ध गराउने भएको छ।
जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको बैंकले जानकारी दिएको छ। यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरूले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्ने बैंकले जनाएको छ ।
‘रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नुहुनेछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ।’
यसका साथै मोबाइल बैंकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।