काठमाडाैं- इटालियन सिरि ए को ‘प्लेयर अफ दी सिजन’को उपाधि इन्टर मिलान स्ट्राइकर रोमेलु लुकाकुले जितेका छन्। लिग विजेता इन्टरबाट बेल्जियन खेलाडी लुकाकुले २४ गोल गरेका थिए।
त्यस्तै, क्रिस्टियानो रोनाल्डो ‘बेस्ट स्ट्राइकर’ बने। लिगमा युभेन्टसबाट उनले २९ गोल गरेका थिए। पोर्चुगिच खेलाडी रोनाल्डोले लुकाकुलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका थिए।
इन्टरका निकोलस बरेला ‘उत्कृष्ट मिडफिल्डर’ घोषित भए। यता, एटलान्टाका क्रिस्टियन रोमेरो उत्कृष्ट डिफेन्डर बने।
एसी मिलानका गोलकिपर जिआनलुइगी डोन्नरुम्मा भने ‘उत्कृष्ट गोलकिपर’ घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।