काठमाडाैं- अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन्। बार्सिलोनाले फ्रि ट्रान्सफरमार्फत् ३२ वर्षीय अगुएरोलाई २ वर्षका लागि अनुबन्ध गरेको हो।
इंग्लिस क्लब म्यानचेस्टर सिटीका सर्वाधिक गोलकर्तासमेत रहेका अगुएरोले गत मार्चमा नै बार्सिलाेना आउने घोषणा गरेको थिए। बार्सिलोनाले उनको रिलिज क्लज १ सय मिलियन युरो तोकेको छ।
अगुएरोले सिटीमा पाउँदै गरेको पारिश्रमिक घटाएर बार्सिलोनासँग सम्झौता गरेका हुन्। अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिँदै आएका थिए।
बार्सिलोनासँग उनले वार्षिक ५ मिलियन पाउन्ड लिने बताइएकाे छ।
बार्सिलोनाले सार्वजनिक गर्नुभन्दा अगाडी उनको स्वास्थ्य परीक्षण गरिएकाे छ।
केही महिना अगाडी उनको घुँडामा चोटसमेत लागेकाे थियाे। जसका कारण उनी केहि महिना मैदान बाहिर रहेका थिए।
उनी यो टेष्टपछि कोपा अमेरीकाका लागि अर्जेन्टिना जानेछन् । त्यतैबाट उनी प्रतियाेगितामा भाग लिन ब्राजिल जाने छन्। यसअगाडी काेपा अमेरिका अर्जेन्टिनामा आयाेजना गरिने लक्ष्य लिइएकाे थियाे। यद्यपि, काेराेना कारण प्रतियाेगितास्थल सारिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।