काठमाडाैं- विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाकाे ४७औं संस्करण ब्राजिलमा आयाेजना हुने भएकाे छ।
अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले प्रतियोगितास्थल ब्राजिलमा सारेकाे हाे।
दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयाेजना गरिनेजानकारी दिएकाे हाे।
सरकारबाट प्रतियोगिता गर्न आवश्यक स्वीकृति पाउन कठिन हुने देखेपछि स्थगित गर्ने निर्णय लिइएको हो। सरकारले सुरक्षा मापदण्ड बनाएर घरेलु खेलहरू सञ्चालन गर्न अनुमति दिएको छ। तर, अनावश्यक यात्रा र क्रियाकलापहरू सरकारले रोक लगाएको छ।
अर्जेन्टिनामा हाल दैनिक ३४ हजार बढी दैनिक संक्रमण देखिएको छ। पछिल्लो दुई सातामा ५४ प्रतिशत संक्रमण दर बढेपछि प्रतियोगितास्थल सार्ने निर्णय गरिएकाे हाे।
यसअघि राजनीतिक अस्थिरताका कारण कन्मेबोलले सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो। राष्ट्रपति इभान डुकविरूद्ध त्यहाँको नागरिकले बिरोध प्रदर्शन गर्नुका साथै सडकमा हिंसात्मक घटना भएको थियो।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ। सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीकै कारण एकवर्ष पछि सरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।