काठमाडौं- युरोकप फुटबलका लागि इटालीको टोली घोषणा भएको हो। प्रशिक्षक रोवर्टो मान्सिनीले युरोपियन च्याम्पियन्स लिग पछि चेल्सीबाट खेल्ने दुई खेलाडी समेटेर २८ सदस्यीय प्रारम्भिक टाेली घाेषणा गरेका हुन् ।
युरोकपमा लागि जुन १ सम्म सहभागि टोलीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसक्नुपर्नेछ। इटलीले पनि सोही अनुसार जुन १ मा अन्तिम टोली घोषणा गर्नेछ।
मान्सिलीले यसअघि युरोकपका लागि ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए। आइतबार घोषित अपडेटेट लिस्टमा जर्जिन्हो र एमरसन थपिँदा ६ खेलाडी भने बाहिरिएका छन्।
चेल्सीले म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जितेको थियो।
समूह ए मा रहेको इटलीले उद्घाटन खेलमै रोममा टर्कीसँग प्रतिस्पर्धा गर्नेछ।
युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपको विभिन्न ११ देशमा आयोजना हुँदैछ।
इटलीको टोली
गोलकिपर : जियानलुजी डोनारुम्बु, एलेक्स मेरेट, साल्भाटोरी सिरिगु
डिफेण्डर : फ्रानसेस्को असेर्ब, अलेसान्द्रो बास्तोनी,एमरसन, अलेसान्द्रो फ्लोरेन्जी, जियनलुका मान्सिनी, लियोनार्दो स्पिनाजोला, लियोनार्दो बोनुची, जर्जिओ किलिएनी, जिओभानी डि लरेन्जो, राफाएल टोलोक्ष
मिडफिल्डर : निकोलो बरेला, स्टेफानो सेन्सी, ब्राएन क्रिस्टान्टे, जर्जिन्हो, मानुएल लोकाटेली, लरेन्जो पेलेग्रिनी, माटेओ पेसिना, मार्को भेराट्टी
फरवार्ड : आन्द्रे बेलोट्टी, फेडेरिको बर्नार्डेसी, फेडेरिको चिएसा, सिरो इम्मोबाइल, लरेन्जो इनसिग्ने, डोमेनिको बेरार्डी, माटेओ पोलिटानो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।