चितवन- चितवनको भरतपुर महानगरपालिका-१० स्यालीबजारमा आइतबार ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन्।
घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
उनका अनुसार आगलागीबाट ग्यास सिलिण्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ।
खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको छ। आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।