• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

चेल्सी र सिटीको च्याम्पियन्स लिग फाइनल भिडन्त : कसले मार्ला बाजी?

64x64
नेपाल लाइभ शनिबार, जेठ १५, २०७८  २०:०१
1140x725

काठमाडौं- युरोपेली क्लब फुटबलको सबभन्दा लोकप्रिय र आकर्षक मानिने प्रतियोगिता, यूईएफए च्याम्पियन्स् लिगमा इङ्लिस प्रिमियर लिगका वर्चस्वको रहँदै आएको छ, पछिल्ला वर्षहरुमा। 

पछिल्ला तीन वर्षमा दुई पटक फाइनलमा दुवै इङ्लिस क्लबबीच नै भेट भएको छ। दुई वर्षअगाडि २०१८/१९ मा  लिभरपुल र टोटेनहमले फाइनल खेलेका थिए। यसपटक फाइनलमा दुई इङ्लिस टोली म्यानचेस्टर सिटी र चेल्सीबीच उपाधि भिडन्त हुँदैछ। 

यी दुई प्रतिद्वन्द्वीबीचको खेल नेपाली समयानुसार शनिबार मध्यरात १२ः४५ बजे सुरु हुनेछ। पछिल्लो तीन सिजन पारम्परिक युरोपेली महाशक्ति क्लबहरूले धेरै राम्रो गर्न सकेका छैनन्।

ठूला खेलाडी भित्र्याउने होडले गर्दा दुई स्पेनी महारथी रियल मड्रिड र बार्सिलोना ऋणमा डुबेका छन्। यसका साथै प्रशिक्षक लामो समय टिक्न नसक्दा पनि प्रतियोगितामा असर पार्दै आएको छ।

यूईएफएको प्रतिवदेन हेर्ने हो भने विश्व फुटबल बजारमा ४३ प्रतिशत सरुवाको व्यापार इङ्लिस क्लबले नै धानेका छन्। इङ्लिस क्लबमा बिदेशी लगानीको ओइरो लाग्न थालेको छ।

पहिलो पटकमै उपाधि उचाल्ने लक्ष्यमा सिटी
झन्डै एक दशकदेखि इङ्लिस फुटबलमा आफूलाई महारथीको रूपमा स्थापित गरेको म्यान्चेस्टर सिटी पहिलोपटक यूरोपेली प्रतियोगिताको फाइनलमा पुगेको छ। सिटीका मालिक आबुधाबीका शेख मन्सुर बिन जायेद उल नहायान हुन्।

उनले स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाको रणनीतिलाई क्लबमा लगानी गर्दै आएका छन् । ग्वार्डिओलाले बार्सिलोनाका लागि प्रशिक्षकका रुपमा दुई पल्ट च्याम्पियन्स लिग जिताइसकेका छन्।

उनको नेतृत्वमा सिटीले नयाँ खेलाडीमा सटिक लगानी गरेको छ। ग्वार्डिओला आएयता सिटीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ।

Ncell 2
Ncell 2

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले यस सिजन च्याम्पियन्स लिगमा ११ खेल जितिसकेको छ। सिटीलाई रियलको कीर्तिमान बराबरी गर्ने अवसर पनि मिलेको छ। सन् २००१-०२ सिजनमा रियलले १२ जितको कीर्तिमान राखेको थियो। त्यसबेला रियलले १७ खेलमा यो कीर्तिमान हासिल गरेको थियो। सिटी भने १३ खेलमा नै जितको कीर्तिमान राख्ने संघारमा छ।

हुन त सिटीले पछिल्ला चार सिजनमध्ये तीनमा इङ्लिस प्रिमियर लिग जितेको छ। सिटी च्याम्पियन्स् लिग वा युरोपेली प्रतियोगिताको फाइनल पुग्ने नवौं इङ्लिस टोली पनि हो। 

यो संख्या इटाली र जर्मनीका अन्य क्लबभन्दा ६-६  बढी हो। तर, च्याम्पियन्स लिग फाइनल खेल्ने पछिल्ला १० नयाँ टोलीमा एक पटक मात्र नयाँ टोलीले उपाधि उठाएको इतिहास छ। 

२०००/२००१ को सिजन यता हेर्ने हो भने पहिलो पटक फाइनल पुगेका कुनै पनि टोलीले फाइनल जितेका छैनन्। यद्यपि, १९८२ मा इङ्लिस क्लब एस्टन भिल्ला र १९९७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डले भने पहिलो फाइनलमै उपाधि उचालेका थिए।

गत सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको थियो भने त्यसअगाडि टोटेनहम फाइनलमा लिभरपुलसँग पराजित भएको थियो।

ग्वार्डिओलाको सिटीले बाजी मा¥यो भने १९९७ पछि पहिलो फाइनलमै उपाधि जित्ने पहिलो टोली बन्ने छ। ग्वार्डिओलासँग धेरै अवसर र उपाय छ। उनले पछिल्लो समय आफ्ना दुई प्रमुख खेलाडी अर्जेन्टिनी सर्जियो अगुइरो र ब्राजिली ग्याब्रियल जेससलाई समेत बेन्चमा राख्दै आएका छन्।

दायाँतर्फ विंगर भएर खेल्ने अल्जेरियाली रियाद महारेज उनका प्रमुख हतियार हुन्। उनले यो सिजन १४ गोल गरिसकेका छन्। 

यस्तै, बायाँतर्फ खेल्ने फिल फोडेनले १६ गोल गरेका छन्। उनले १० गोलमा अवसर सिर्जना गरेका छन्। मध्यपंक्तिका जर्मन खेलाडी इकाई गुन्डुवान प्रभावशाली खेलाडी हुन्। उनले १७ गोल गरेका छन्। यस्तै, मिडफिल्डमै बेल्जियमका केभिन डी ब्रुयनले १८ गोलमा सहयोगी भूमिका खेलेका छन्।

तेस्रो पटक फाइनलमा चेल्सी
चेल्सीमा ब्याक टू ब्याक च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका प्रशिक्षक थोमस टुचेल छन्। उनी मात्रै होइन, यही उपलब्धि हासिल गरेका कप्तान थियागो सिल्भा पनि टोलीमा रहेका छन्। यी दुईको नेतृत्वमा पछिल्लो सिजन पीएसजी फाइनलसम्म पुगेको थियो। 

चेल्सीका मालिक, रुसी धनाढ्य रोमन अब्राहिमोभिच  हुन्। अब्राहिमोभिचले क्लब प्रशिक्षकको रणनीति अनुसार चेल्सीमा लगानी गर्दै आएका छन्।

सिटी इङ्लिस लिगमा स्थापित हुँदैगर्दा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिग जितिसकेको थियो। सिटीले पहिलो पटक इङ्लिस प्रिमियर लिग २०१२ मा जितेको थियो। सोही सिजन चेल्सीले च्याम्पियन्स लिग जितेको थियो।

सन् २००८ मा पहिलो पटक फाइनलमा पुगेको चेल्सी म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी शूटआउटमा पराजित भएको थियो। त्यसको चार वर्षपछि जर्मन महारथी बायर्न म्युनिखलाई उसैको मैदानमा हराएर चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

चेल्सीको बलियो पक्ष भनेको डिफेन्स हो।  सिल्भा आएपछि चेल्सीको डिफेन्स बलियो भएको छ। खासमा यी दुवै टिम गोल गर्न र अवसर सिर्जना गर्नमा माहिर छन्। 

चेल्सीका इङ्लिस खेलाडी मेसन माउन्ट र उनका अमेरिकी साथी क्रिस्टियन पुलिसिक तीव्र गतिमा खेलाउन माहिर छन् । जर्मन टिमो वार्नर, काइ हाभेर्ट्ज पनि सिटीका लागि मुख्य चुनौती हुन सक्छन्। 

पछिल्लो भेट यस्तो छ
चेल्सी र सिटी दुवैले यस सिजन च्याम्पियन्स लिगमा बलियो प्रदर्शन गरेका क्लब हुन्। दुवै टोलीले प्रतियोगिता अवधिभर जम्मा ४ गोल खाएका छन्।
सन् २००५/०६ यता दुवै टोलीले कम गोल खाएको यो पहिलो पटक हो। त्यसबेला फाइनलअघि आर्सनलले २ र बार्सिलोनाले ४ गोल खाएका थिए।

प्रिमियर लिगका प्रतिद्वन्दी यी दुई क्लबबीच यो सिजन भएका तीन भेटमा चेल्सीले दुई खेल जितेको छ। प्रिमियर लिगमा दुवै टोलीले अवे खेल जितेका थिए।

एफए कपको सेमिफाइनलमा चेल्सीले सिटीलाई पराजित गरेको थियो। तर, फाइनलमा चेलसी लेस्टर सिटीसँग पराजित भएको थियो।
अन्तिम-१६ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध समग्रमा ३-० को जित निकालेको चेल्सी त्यो जितसँगै क्वार्टरफाइनलमा पुगेको थियो।

क्वार्टरफाइनलमा पोर्टोविरुद्ध समग्रमा २-१ ले चेल्सी विजयी भएको थियो। प्रतियोगिताको सर्वाधिक सफल क्लब रियल मड्रिडलाई सेमिफाइनलमा समग्रमा ३-१ ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान बनाएको थियो।

त्यस्तै, अन्तिम-१६ मा बोरुसिया मोन्चेन्ग्लाडबाखविरुद्ध समग्रमा ४-० को जित निकालेको सिटी त्यो जितबाट क्वार्टरफाइनलमा पुगेको थियो।

क्वार्टरफाइनलमा सिटीले बोरुसिया डर्टमन्डविरुद्ध ४-२ को नतिजा हात पारेको थियो। त्यस्तै,  सेमिफाइनलमा गत सिजनको उपविजेता पीएसजीलाई पाखा लगाउँदै सिटीले चेल्सीसँगको भेट सुनिश्चित गरेको थियो।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्