काठमाडाैं- सरकारले पुनर्कर्जा दिनका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवाहरुलाई पाँच प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।
यसैगरी सरकारले माध्यमिक तथा उच्च माध्यमिकस्तरका विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।