काठमाडौं– सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
उक्त आयोजना आगामी ४ वर्षभित्र निर्माण गरिसक्न गरी बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।