काठमाडौं- कोपा अमेरिका फुटबलमा एक टिमले २८ खेलाडी राख्न पाउने भएका छन्।
दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबोलले यसपटक टिममा २८ जना खेलाडी राख्न दिने निर्णय गरेको हो। यसअघि हरेक टिमले २३ खेलाडी राख्न पाउँथे।
तर, कोरोना महामारीका कारण थप पाँच खेलाडी टिममा राख्न पाउने नियम बनाइएको हो।
यस्तै, हरेक टिममा प्रारम्भिक चरणमा ६० खेलाडी छान्न पाइनेछ। यसअगाडि ५० जना छान्न पाइन्थ्यो। कन्मेबोलले सबै टिमलाई जुन १ भित्र प्रारम्भिक चरणको खेलाडी घोषणा गर्न ताकेता गरेको छ।
विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा ४७औं संस्करण आगामी जुन १३ देखि जुलाई १० सम्म अर्जेन्टिनामा आयोजना हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।