काठमाडाैं- युरोकप फुटबलका लागि डेनमार्कले २६ सदस्यीय टोली घोषणा भएको छ। प्रशिक्षक क्यास्पर हुलमान्डले बुधबार टोली घोषणा गरेका हुन्।
टिममा लेस्टर सिटीका गोलकिपर क्यासपर सेमिकल, युवा खेलाडीहरु आन्द्रेज स्कोभ ओल्सन र मिकेल डाम्सगार्ड, सिमोन कजार, क्रिस्टियन एरिकसनलागयत छन्।
आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपमा डेनमार्कले समूह चरणमा फिनल्याण्ड, बेल्जियम र रसियासँग खेल्नेछ।
डेनिस टोली
गोलकिपर : क्यास्पर सेमिकल, जोनास लोसल, फ्रेडेरिक रोनोव
डिफेण्डर : जेन्स स्ट्रगर लार्सन, सिमोन कजार, आन्द्रेज क्रिस्टेनसन, जोचिम आन्द्रेसेन, डानिएल वास, माथियस जोर्गेनसेन, जोकिम मेले, जानिक भेस्टरगार्ड, निकोलाई बोइलेसेन
मिडफिल्डर : माथिस जानसेन, क्रिस्टियन नोरगार्ड, पिएरे एमिली होजवर्ग, थोमस डिलाने, एन्डर्स क्रिस्टियनसेन, क्रिस्टियन एरिक्सन, मिकेल डाम्सगार्ड, रोवर्ट स्कोभ
फरवार्ड : मार्टिन ब्रेथवेइटे, आन्द्रेज कोर्नेलिस, आन्द्रेस स्कोभ ओल्सेन, युसुफ पाउलसेन, क्यास्पर डोलवरग, जोनास विन्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।