काठमाडाैं- युरोपेली च्याम्पियनसिपका लागि नेदरल्यान्ड्सले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन्।
बुधबार ष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फ्रान्क डे बोएरले सन् २०१० मा विश्वकप फाइनल खेलेका गोलरक्षक मार्टेन स्टेकेलेनबर्गलाई समेट्दै टाेली घाेषणा गरेका हुन्।यस्तै टाेलीमा युवा फरवार्ड कोडी गाक्पो अटाएका छन्।
तर, यसअघि घोषणा गरिएको ३४ सदस्यीय प्रारम्भिक टोलीमा परेका टोटेनहमका विंगर स्टिभन बर्गवाइन भने अन्तिम २६ मा अटाउन सकेनन्।
यस्तै, चेटका कारण कप्तान भर्जील भान डाइक टाेलिमा परेका छैनन्।
नेदरल्यान्ड्सको अन्तिम टोली शुक्रबार एक साता लामो प्रशिक्षणका लगि पोर्चुगल प्रस्थान गर्नेछ।
टोलीले जुन २ मा स्कटल्यान्ड र जुन ६ मा जर्जियासँग मैत्रिपूर्ण खेल खेल्नेछ।
नेदरल्यान्ड्सले युरोको समूह 'सी' अन्तर्गत जुन १३ मा युक्रेनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेदरल्यान्ड्स टोली :
गोलरक्षक : जास्पर सिलेसन, टिम क्रुल, मार्टेन स्टेकेलेनबर्ग
डिफेन्डर : नाथन आके, डेली ब्लिन्ड, म्याथिस डे लिग्ट, स्टेफान डे भ्रिज, डेन्जेल डमफ्राइज, जुरिएम टिम्बर, प्याट्रिक भान आनहल्ट, जोल भेल्टम्यान, ओवेन विन्दाल
मिडफिल्डर : फ्रेंकी डे जोङ, मार्टेन डे रुन, रायन ग्राभनबर्च, डेभि क्लासेन, तिउन कुपमेनेर्स, डोनी भान डे बिक, जर्जिनियो वाइनाल्डम
फरवार्ड : स्टिभन बर्घिअस, लुक डे जोङ, मेम्फीस डिपाए, कोडी गाक्पो, डोनी मालेन, क्विन्सी प्रोमेस, वुट वेघोर्स्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।