प्रतिकात्मक तस्वीर
दमौली– बिगत ८ दिनदेखि हराइरहेको तनहुँका १ जना बृद्ध मृत फेला परेका छन्।
यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा फेला परेका छन्। व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन्।
व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।
जंगलमा निउरो खोज्न गएका मानिसले बोटेलाई मृतावस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेपछि अहिले परीक्षणका लागि शव दमौली अस्पतालको शवगृहमा राखी आफन्तलाई खबर गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।