काठमाडौं- एनएमबि बैंकले अनलाइनबाटै अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड दिन सुरू गरेको छ। नेपाल राष्ट्र बैंकको परिपत्र कार्यान्वयन गर्दै ग्राहकहरूलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ।
‘अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरू जस्तैः नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत् पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिनेछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकको देशभरका १८१ शाखामार्फत यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।