गुलरीया– जंगली हात्तीको आक्रमणबाट बर्दियामा आमा–छोरीको ज्यान गएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको हो।
हात्तीको आक्रमणबाट गम्भीर घाइते चन्द्राकी ३ वर्षया छोरी दीपिकाको उपचारका क्रममा मृत्यु भएको हो।
दीपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए।
गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।