सुनसरी- बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ। धरान उपमहानगरपालिका-२ स्थित सडकबाट को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेपछि यो तथ्य बाहिर आएको हो।
उक्त एम्बुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा शहीदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन्।
धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको जनाएको छ।
उनीहरुउपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान, सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।