हेटौंडा– मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। बयालीस वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो।
पहिचान खुलेपछि प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमान्ले आफ्नै टहराभित्र वादविवाद हुँदा कुटपिट गरेको र नजिकैको न्यूरेनीस्थित भूटनदेवी सामुदायिक वनमा लगी फालेको खुल्न आएको प्रहरीले जनाएको छ।
सोमबार हेटौँडा–८ कमानेबाट मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।