काठमाडौं- नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘घ’ बिक्री गर्ने सूचना जारी गरेको छ।
राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘घ’ बोलकबल प्रत्रियाद्धारा गर्ने गरी सूचना जारी गरेको हो।
उक्त ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तिय संस्था,गैर–बैंक वित्तिय संस्था, विमा कम्पनी, संगठित संघसंस्था र नेपाली नागरिकले बोलकबल पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
विकास ऋणपत्र २०८३ ‘घ’को ब्याजदर भने बोलकबलबाट हुने राष्ट्र बैंकले जनाएको छ। २०७८ जेठ ११ गते दिउँसो ३ बजेसम्म ऋणपत्र खरिद गर्न चाहनेले बोलकबल गरिसक्नु पर्नेछ।
यसरी भएको बोलकबल निष्कासन भने जेठ १३ गते हुने राष्ट्र बैंकले जनाएको छ। ब्याज भुक्तानी अर्धवार्षिक हुने छ भने व्याजमा कर लाग्ने छ। साँवा भुक्तानी भने २०८३ जेठ १३ गते हुने छ।
खरिद गर्न पाउने सिमा रकम भने न्यूनतम ५० हजारदेखि बढीमा कूल निष्काशित ऋणपत्र रकमलाई ५० हजारले भाग गर्दा आउने निःशेष रकम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।