काठमाडाैं- स्पेनले युरोपेली च्याम्पियनसिपका लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै प्रशिक्षक लुइस इनरिकले सोमबार घोषणा गरेका हुन्।
टोलीमा रामोससहित रियल मड्रिडका कुनै पनि खेलाडी टोलीमा परेका छैनन्। रामोस टिममा नपरेपछि टिमको कप्तानमा बार्सिलोनाका सर्जियो बुस्केट तोकिएका छन्।
यता, म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डे हेया भने टाेलीमा परेका छन। यस्तै, मिडफिल्डमा बार्सिलोनाका १८ वर्षीय पेड्रीले स्थान बनाउन सफल रहे।
यता, फ्रान्सेली डिफेन्डर एमेरिक लापोर्ट पनि टोलीमा परेका छन्। तर, चेल्सीका केपा अर्रिजाबलागा टिममा परेका छैनन्।
आगामी जुन ११ देखि हुने प्रतियोगितामा स्पेन समूह 'ई' मा छ। यो समूहमा स्पेनसहित स्विडेन, पोल्यान्ड र स्लोभाकिया छन्। स्पेनको सबै खेल सेभिलस्थित ला कार्तुजा ओलम्पिक रंगशालामा हुनेछ।
स्पेनिस टिम
गोलकिपर : उनई सिमोन, डेभिड डे गेया, रोबर्ट सान्चेज
डिफेन्डर : जोस गाया, जोर्डी अल्बा, पाउ टोरेश, एमेरिक लापोर्टे, इरिक गार्सिया, डिएगो लोरेन्टे, सेसर अस्पिलेक्वेटा
मिडफिल्डर : सर्जियो बुस्केट, रोद्री, पेड्री, थियागो अल्कान्टारा, कोके, फाबियन रुइज, मार्कोस लोरेन्टे
फरवार्ड : ड्यानी ओल्मो, मिकेल ओयारजाबाल, अल्भारो मोराटा, जेराल्ड मोरेनो, फेरान टोरेश, एडमा ट्राओरे, पाब्लो साराबिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।