सांकेतिक तस्वीर
काठमाडौं- गुणस्तरहीन सेनिटाइजर बनाएको आरोपमा ललितपुरबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुटवल घर भई ललितपुर बस्दै आएका २३ वर्षीय लुर्गा भट्टराईलाई पक्राउ गरेको हो।
उनले इन्टरनेट हेरेर बिनादर्ता गुणस्तरहीन सेनिटाइर बनाउने गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।
यद्यपी, उक्त सेनिटाइरको गुणस्तर भने जाँच भएको छैन। जाँचका लागि औषधी व्यवस्था विभाग पठाइने उनले जानकारी दिए।
बिनादर्ता सेनिटाइजर बनाउने र स्टिकरसमेत अनलाइनबाट तानेर प्रिन्ट गरी टाँस गर्ने गरेको प्रहरीकाे भनाइ छ।
आइतबार मात्रै महाशाखाको टोलीले नै ललितपुर इमाडोलबाट ठूलो मात्रामा गुणस्तरहीन सेनिटाइर बरामद गरेको थियो।
उता, काठमाडौं परिसरले पनि आइतबार बालाजुबाट गुणस्तरहीन सेनिटाइजरसहित दुई जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।