काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत पुगेका ५ राजनीतिक दलहरुले तत्काल संसद पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि परमादेशको मागदाबी गरेका छन्।
सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका गठबन्धनका नेताहरुको रिटमा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति कार्यालय शीतलनिवासका नाममा परमादेशको माग गरेका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरु सर्वोच्च अदालत पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।