काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने भनेका ५ राजनीतिक दलका शीर्ष नेताहरु रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरु सर्वोच्च अदालत पुगेका हुन्।
विघटित प्रतिनिधि सभाका १४६ जना सदस्यको हस्ताक्षर जुटाएर विपक्षी गठवन्धनका नेताहरु सर्वोच्च पुगेका हुन्।
रिटमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश होस्, ओली अवैधानिक प्रधानमन्त्री भनियोस्, धारा ७६(५० को ब्याख्या होस्, तत्काल संसद पुनःस्थापनाको लागि अन्तरिम आदेश होस् र निर्वाचन गर्दा आर्थिक व्ययभार हुने भएकाले रोक्नलाई अन्तरिम आदेश होस् भन्ने मागदाबी तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।