काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेका विपक्षी गठबन्धनले १४६ जनाको हस्ताक्षर जुटाएको छ। केही बेरमै रिट दर्ताको लागि सर्वोच्च जाने नेताहरुको तयारी छ।
रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास दाबी गरिने बताइएको छ। गत पुस ५ गते भएको संसद विघटनविरुद्ध दायर भएका रिटमा पनि संवैधानिक इजलासले नै फैसला सुनाएको थियो।
रिटमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश होस्, ओली अवैधानिक प्रधानमन्त्री भनियोस्, धारा ७६ (५)को व्याख्या होस्, तत्काल संसद् पुनःस्थापनाको लागि अन्तरिम आदेश होस् र निर्वाचन गर्दा आर्थिक व्ययभार हुने भएकाले रोक्नलाई अन्तरिम आदेश होस् भन्ने माग गर्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।